२७ प्रतिशत शुल्क वृद्धि भएपछि स्कुल पुगे अभिभावक संघ नेपाल

0
293


भक्तपुर, २०८३ बैशाख २७ । एभरेष्ट स्कुलमा अन्योन्याश्रित रुपमा शुल्क बृद्धि गरेको बारे सम्बन्धित स्कुलका सचेत अभिभावकहरुबाट ब्यापक रुपमा गुनासो आउन थालेपछि उक्त स्कुलका केही अभिभावकहरुको साथमा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले स्कुलमा पुगि अनुगमन गरेको कुरा संघका कोषाध्यक्ष कृष्णप्रसाद दुमरुले बताए । अनुगमनको क्रममा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापतिले महंगि र अभावको चपेटामा पर्दापर्दै आफ्नो छाक काटेर गुणस्तरीय शिक्षाको लागि सकिनसकी लगानी गर्दै आएका अभिभावकहरुमाथि बोक्नै नसकिने गरी एकैचोटी २७ प्रतिशत सम्म शुल्क बृद्धि गरी गह्रुंगो भारी बोकाउन खोज्नु न्यायोचित नहुनुका साथै २०५५ सालमा नेपाल सरकारले जारी गरेको शिक्षा ऐन , २०५६ सालको शिक्षा नियमावली र २०७२ सालको संवैधानिक व्यवस्था अनुकुल नरहेको कुरा बताउनुभयो । छलफलको क्रममा एभरेष्ट स्कुलका प्रिन्सिपल भक्तराज भण्डारीले हाम्रा अभिभावक माथि परेको पीर , मर्का बारे अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले गम्भीरता देखाइ उठाएको न्यायोचित विषयलाई भोलि बस्ने स्कुल ब्यबस्थापन समितिको बैठकमा राखी सकिने जति सम्बोधन हुने खालको वातावरण बनाई टुङ्ग्याई अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here