भनपा वडा नं. २ मा स्वास्थ्य शिविर

0
150


भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामा नसर्ने रोगहरुको परीक्षण एवं स्वास्थ्य शिविर सम्पन्न भयो ।
सो अवसरमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यलाई ध्यानमा राखी समय समयमा विभिन्न रोगहरुको शिविर सञ्चालन गर्दै आइरहेको चर्चा गर्नु भयो । उहाँले आज भोलि दीर्घ रोगबाट संक्रमितहरु ध्ेरै बढ्नु परिवार र समाजकै लागि नकारात्मक असर पर्ने भएकोले जनताहरु स्वास्थ्य प्रति सचेत र सजग हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
उहाँले नसर्ने रोगहरुको पहिचान समयमै गर्न सके उपचारमा सहज हुने बताउँदै स्वास्थ्य नै धन भएकोले स्वास्थ्य प्रति सचेतना कार्यक्रमहरु निरन्तर आवश्यक रहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा भनपा २ का वडाध्यक्ष हरि प्रसाद बासुकलाले वडाले गर्दै आइरहेको विकास निर्माणका कामहरुबारे जनतालाई जानकारी दिनुभएको उक्त कार्यक्रममा श्यामसुन्दर मातां, सरोज दथेपुथे, मञ्जुमैंया लाखा र वडा नर्स विनिता प्रजापतिले नसर्ने रोगबारे जानकारी दिनुभएको थियो ।
उक्त शिविरमा १८१ जना स्थानीयहरुले स्वास्थ्य परीक्षण गराउनु भएको थियो भने शिविरमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप, पिसाब र बी.एम.आई. परीक्षण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here