भक्तपुरको सल्लाघारीमा सवारी दुर्घटनामा परी पैदलयात्रीको मृत्यु

0
1484

भक्तपुर, कार्तिक २१ । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं. ५, कटुन्जे चोक, सल्लाघारीमा भएको सवारी दुर्घटनामा एक पैदलयात्रीको मृत्यु भएको छ। मंगलबार दिउँसो १२:१५ बजे सूर्यविनायकबाट सल्लाघारीतर्फ गइरहेको बागमती प्रदेश ०२-०२१ प. ८१२७ नम्बरको पल्सर मोटरसाइकलले भक्तपुर नगरपालिकाको वडा नं.६ भोलाछेंकी ६९ वर्षीया बिमला प्रधानाङ्गलाई ठक्कर दिएको थियो ।
प्रधानाङ्गको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
4

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here