भक्तपुरमा तेस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने, नाम दर्ताका लागि आह्वान

0
461
भक्तपुरमा तेस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने, नाम दर्ताका लागि आह्वान


भक्तपुर, पुष १९ ।ज्येष्ठ नागरिकको बाैद्धिक विकास तथा दीर्घायुका लागि खेल भन्ने मूल उद्देश्यका साथ भक्तपुरमा तेस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने भएको छ ।भक्तपुर नगरपालिका वडा नं ९ स्थित वाकुपति चाँगुनारायण परिसर सहयोग समितिको आयोजनामा यही पुस २६ गते शनिवार नारायण मन्दिर परिसरमा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा भाग लिन ६० वर्ष नाघेको हुनु पर्ने र भक्तपुर न.पा ९ वडा कार्यालय र प्रगति पुस्तकालयमा पुस २४ गतेभित्र नाम दर्ता गर्न सकिने समेत बताइएको छ । नाम दर्ताको लागि दर्ता शुल्क रु. १००।- निर्धारण गरिएको छ ।
प्रतियोगितामा सह-आयोजकको रुपमा प्रगति सामुदायिक सिकाइ केन्द्र रहेको आयोजक समितिको रुपमा रहेको समेत आयोजक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here