भक्तपुर, पुष १९ ।ज्येष्ठ नागरिकको बाैद्धिक विकास तथा दीर्घायुका लागि खेल भन्ने मूल उद्देश्यका साथ भक्तपुरमा तेस्रो ज्येष्ठ नागरिक कसिमला पाँय् प्रतियोगिता हुने भएको छ ।भक्तपुर नगरपालिका वडा नं ९ स्थित वाकुपति चाँगुनारायण परिसर सहयोग समितिको आयोजनामा यही पुस २६ गते शनिवार नारायण मन्दिर परिसरमा हुने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा भाग लिन ६० वर्ष नाघेको हुनु पर्ने र भक्तपुर न.पा ९ वडा कार्यालय र प्रगति पुस्तकालयमा पुस २४ गतेभित्र नाम दर्ता गर्न सकिने समेत बताइएको छ । नाम दर्ताको लागि दर्ता शुल्क रु. १००।- निर्धारण गरिएको छ ।
प्रतियोगितामा सह-आयोजकको रुपमा प्रगति सामुदायिक सिकाइ केन्द्र रहेको आयोजक समितिको रुपमा रहेको समेत आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















