वडा नं १० मा हाडजोर्नी स्वास्थ्य शिविर

0
149

भक्तपुर, १९ पुस । भक्तपुर नगरपालिका वडा नं. १० को आयोजनामा हाडजोर्नी सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शनिबार बेखाल शहरी स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ। शिविर भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि जोशीले नगरपालिकाले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै स्वास्थ्य सेवालाई घरदैलोमै पु¥याउने उद्देश्यसहित शिविर आयोजना गरिएको बताउनुभयो। उहाँले घरदैलो नर्सिङ सेवा तथा स्वास्थ्य स्वयम्सेविकाहरूको प्रतिवेदनका आधारमा नगरवासीको स्वास्थ्य अवस्था अनुगमन गर्दै आवश्यक सेवा उपलब्ध गराउँदै आएको उल्लेख गर्नुभयो। दीर्घ बाल मुटु रोगको परीक्षण गरी निःशुल्क शल्यक्रियाका लागि समेत व्यवस्थापन गरिएको जानकारी दिनुभयो।
उपप्रमुख जोशीले देशको समग्र विकासका लागि नागरिक स्वस्थ, सबल र फूर्तिलो हुन आवश्यक रहेको बताउँदै उच्च शिक्षाबाट कोही पनि बञ्चित नहोस् भन्ने उद्देश्यले शैक्षिक ऋणको व्यवस्था गरिएको जानकारी दिनुभयो। साथै नगरका विभिन्न स्थानमा कसरतका व्यायाम सामग्री जडान गरिएको, छिकोन व्यायामको प्रशिक्षण दिइँदै आएको, आदर निकेतनको व्यवस्था तथा सोही वडामा शिशु स्याहार केन्द्र निर्माणको कार्य भइरहेको बताउनुभयो।
कार्यक्रमका सभापति लक्ष्मीप्रसाद ह्यौमिखाले रोग लागेपछि उपचार गर्नेभन्दा रोगै लाग्न नदिन स्वास्थ्य शिविर, सरसफाइ तथा कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गर्ने कार्य भइरहेको बताउनुभयो। उहाँले सवारी साधन नियमित सर्भिसिङ गरेजस्तै शरीरको पनि नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। साथै विदेशी ऋणमा निर्भर भएर विकास गर्नुभन्दा आफ्नै खुट्टामा उभिएर विकास गर्नुपर्नेमा जोड दिँदै विदेशी ऋण प्रतिव्यक्ति करिब ९० हजार रुपैयाँ पुगिसकेको बताउनुभयो।
कार्यक्रममा डा. मनिष प्रधानाङ्ग, कृष्णनारायण डुमरु र लक्ष्मीप्रसाद चवालले पनि आ–आफ्नो धारणा राख्नुभएको थियो। शिविरमा करिब १५० जनाले स्वास्थ्य सेवा लिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here