भक्तपुर,पुस १९ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., इताछें, भक्तपुरको २१औं स्थापना दिवस कार्यक्रम भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । संस्थाका बाल सदस्यहरुको सुमधुर बासुरीको धुनकासाथ पानसमा दीप प्रज्वलन गरी उद्घाटन भएको कार्यक्रममा प्रमुख अतिथि जोशीले संस्थाको लोकेश्वर दर्पन अकं ५ समेत विमोचन गरिएको थियो । मन्तव्यका क्रममा उपप्रमुखले भक्तपुर नगर एशिया कै एक सुन्दर सभ्य सास्कृतिक, कलात्मक नगरका रुपमा परिचित हुदै आएको कुरा बताउनु भयो । भक्तपुर नगर एक ऐतिहासिक धार्मिक, सा“स्कृतिक महत्व बोकेको नगरका रुपमा स्थापित रहेकोले उक्त कला, संस्कृति, मूर्तअमूर्त सम्पदा तथा मातृभाषालाई जगेर्ना गर्दै पुस्तान्तरण गर्दै जानुपर्ने औल्याउनु भयो । भक्तपुर नगरपालिकाले नगरबासीहरुको चौतर्फी विकासका लागि शीप मूलक तालिम, शैक्षिक ऋण, उद्यमशीलता ऋण, खेलकुद गतिविधि, सास्कृतिक तथा पर्यटकीय गतिविधिहरु गर्दै आएको बताउनु भयो । नगरपालिकाको विभिन्न गतिविधिहरुलाई स्थानीय संघ संस्था तथा जनताहरुले आत्मसात गर्दै निरन्तर साथ र सहयोग रहेको बताउनु भयो ।
भनपाका पूर्व वडाअध्यक्ष रविन्द्र खर्बुजाले समाजमा पहिले देखि चलिआएका परम्परागत गतिविधिहरुको बैज्ञानिक पक्षबाट पनि महत्व रहने कुरा औल्याउनु भयो । भक्तपुरमा रहेका पुराना कलात्मक मूर्तिहरुको संरक्षण तथा संबर्धन गर्दै चोरीचकारी हुनबाट जोगाउनु पर्नेमा जोडदिनु भयो । राष्ट्रिय पत्रपत्रिकामा आएका विभिन्न लेख रचनाहरुका बारेमा चर्चागर्दै भक्तपुरमा भएका विभिन्न राष्ट्रिय महत्वका समाचारहरु नछापिएकोमा आपति व्यक्त गर्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का उपाध्यक्ष जगनाथ प्रजापतिले सहकारीको विकासक्रम सम्बन्धमा चर्चा गर्दै समुदायमा आधारित रहेर सदस्यहरुको हितको लागि कार्य गर्ने सहकारी मात्रै वास्तविक सहकारी हुने स्पष्ट पार्नुभयो । सहकारीको मूल मर्मलाई आत्मसाथ गर्र्दै सहकारी संचालन गर्नुपर्नेमा जोड दिर्दै वर्तमान सरकारले राष्ट्रिय सहकारी प्राधिकरण मार्फत सहकारीको मर्म विपरित विभिन्न निर्देशन तथा मापदण्ड जारी गरी सहकारी ध्वष्टपार्ने षड्यन्त्र भएको आरोप लगाउनु भयो ।
भक्तपुर नगरपालिका वडा नं. २ का वडा सदस्य एवं संस्थाका संस्थापक अध्यक्ष श्यामसुन्दर मातांले संस्था स्थापनाको पृष्ठभूमि तथा सहकारीको मध्यमबाट विश्व समाजमा भएका विकास निर्माण र परिवर्तनहरुको बारेमा जानकारी दिनुभयो । सहकारी संस्थाहरुको हालको बिग्रदो परिस्थितिको बारेमो चर्चागर्दै वर्तमान देशको राजनीतिक परिस्थिति नै यसको मुख्य कारण भएको बताउनु भयो । संस्थाका पुर्व अध्यक्ष रामसुन्दर सुजखुले समाजमा सहकारी संस्थाको महत्वकोबारेमा बताउदै जनताहरुले समुदायमा आधारित सहकारी चिन्नुपर्ने कुरा बताउनु भयो ।
संस्थाका अध्यक्ष राजन जतिको सभापतित्वमा भएको कार्यक्रममा सभापतिले संस्था स्थापनाकाल देखि नै बचत र ऋण कारोबारका अलावा सदस्य तथा समुदायमा आधारित विभिन्न गतिविधिहरु गर्दै आएको बताउनु भयो । संस्था स्थापना दिवसको अवसर पारेर विगतका बर्षहरुदेखि निःशुल्क स्वास्थ्य शिविर, रक्तदान कार्यक्रम तथा तालिमहरु संचालन गर्दै आएको बताउनु भयो । गैह्र समुदायमा आधारित सहकारीको नाफामुखी तथा लुटतन्त्रले अहिले जनताको पैसा सुरक्षित नभएको बताउदै सहकारी चिनेर मात्र आफ्नो बचत जम्मा गर्न सम्पूर्ण जनसमुदायमा अनुरोध गर्नुभयो । कार्यक्रममा उपाध्यक्ष प्रनेश बाटी र सचिव राजु छुकांले समेत बोल्नु भएको उक्त कार्यक्रम संस्थाका जेष्ठ सदस्य, माध्यामिक तह (ं१२) उत्तीर्ण विद्यार्थी, संस्थाका अधिक शेयर खरिदकर्ताहरुलाई सम्मान गरी प्रमाणपत्र तथा प्रशंसापत्र वितरण गरिएको थियो । स्थापना दिवसको अवसरमा आयोजित कसिमला पाय, डोरी तान्ने प्रतियोगिता र क्ष्लमष्खष्मगब िःगतिष्उभि न्बmभ का विजयी खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल वितरण गरिएको थियो भने काठमाडौंमा भएको खुल्ला बासुरी बाजा प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल कलाकारहरु र ४५औं नेपालभाषा साहित्य तःमुंज्या कार्यक्रममा प्रस्तुत ख्याल “राष्ट्रिय बृद्धा आश्रम”का कलाकारहरुलाई सम्मान एवं कदरपत्र वितरण गरिएको थियो । स्थापना दिवसकै अवसरमा ३६ जना रक्तदाताहरुले रक्तदान गरेको जानकारी स्वास्थ्य उपसमितिका संयोजक प्रज्वल खत्रीले बताउनु भयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















