एक महिने ब्युटी पार्लर तालिम सम्पन्न: सीपलाई व्यवसायमा बदल्न जोड

0
270

उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरको आयोजना तथा भक्तपुर घरेलु तथा साना उद्योग संघको सहकार्यमा संचालित १ महिने आधारभूत ब्युटी पार्लर तालिम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं उद्योग तथा वाणिज्य कार्यालयका प्रमुख रामप्रसाद कुस्माले तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा संघलाई आभार व्यक्त गर्नुभयो। साथै उहाँले उद्योग दर्ता गरी संचालन गरेका उद्योगहरुलाई बागमती प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले प्रविधि हस्तान्तरण सहुलियतपुर्ण कर्जा उत्कृष्ट उद्यमी सम्मान लगायत विभिन्न सुविधाहरू उपलब्ध गराउँदै आएको जानकारी गराउँदै सिकेको सीपलाई थाती नराखी व्यवसायमा बदल्नु अनुरोध गर्नुभयो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य एवं संघका पूर्व अध्यक्ष वीरेन्द्र जतिले व्यवसाय गर्दा कानुनी प्रक्रिया भित्र रहन सहभागीहरूलाई आग्रह गर्नुभयो। ब्युटी पार्लर मानिसको शरीरसँग प्रत्यक्ष जोडिने संवेदनशील क्षेत्र भएकोले गुणस्तरीय सामग्रीको प्रयोग र म्याद नाघेका सामानहरूबारे सधैँ सचेत रहन उहाँले सुझाव दिनुभयो।

प्रशिक्षक सुमित्रा श्रेष्ठले प्रशिक्षार्थीहरूको अनुशासन र लगनशीलताको प्रशंसा गर्दै आगामी दिनमा पनि आवश्यक प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। त्यस्तै, प्रशिक्षार्थीको तर्फबाट रश्मी हालेयो जोशीले छोटो समयमै धेरै सीप सिक्न पाएकोमा खुसी व्यक्त गर्दै थप दक्षताका लागि एडभान्स तालिमको व्यवस्था गरिदिन आयोजक समक्ष अनुरोध गर्नुभयो।

संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा उहाँले उद्योग तथा वाणिज्य कार्यालयसँगको निरन्तर सहकार्यको स्मरण गर्नुभयो। यस वर्ष विभिन्न मेला र तालिमहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै उहाँले निकट भविष्यमै थप तालिमहरू सञ्चालन गरिने बताउनुभयो।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष प्रेम खर्बुजाले संघले गरिरहेको विविध गतिविधिबारे जानकारी गराउनु भयो भने महिला उद्योग समितिका सभापति कमलेश्वरी खर्बुजाले सहभागी तथा अतिथिहरूलाई धन्यवाद ज्ञापन गर्दै तालिमले स्थानीय महिलाहरूलाई स्वरोजगार बन्न र आर्थिक रूपमा सबल हुन टेवा पुग्ने विश्वास लिइएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here