विवेक र हाम्रो समाज :

0
418

भक्तपुर दरबार क्षेत्रको पूर्वी भागमा ढुङ्गाबाट पुन निर्मित वत्सलादेवीको मन्दिर छ । उक्त मन्दिरको सिँढीमा हात्तीकादुई सुन्दर प्रस्तर मूर्तिहरु छन्। विवेक दायाँतिर रहेको हात्तीमा बसेर मुस्कुराउँछ त कहिले बाँयातिर चढेर रमाउँछ । ऊगीत गाउन थाल्छ, “आऊ है साथी हेर साथी, राजा घोडा माथि, म पनि त एक दिन चढ्छु होला हात्ती ।” मलाई लाग्छ,वत्सलादेवीको अभिभावकत्वमा ऊ खुशी छ ।

उता उसकी आमा भने विवेकको तस्वीर खिच्नमा व्यस्त छिन्। म थाहै नपाई आफैमा हराएछु । मेरो मस्तिष्ककोसानोकुनामा केहि कुराले विझाइरहेको छ। म थाहै नपाई मेरो समाज र छोरो विवेकबारे सोच्न थाल्छु । थाहा छैन, किन मलाईलागिरहेछ मेरो समाज विवेकबाट टाढा भागिरहेछ । कुनै दूरी तय नगर्ने ढुङगाको प्रस्तर हात्तीमा बसेर मेरो छोरो विवेकसमाजसँग भिज्न खोजिरहेछ अनि मेरोसमाज विवेकमा ढुङ्गाको हात्ती देखिरहेछ, फगत सेतो हात्ती । अचानक विवेकठूलो स्वरले दरबार क्षेत्र नै हल्लिने गरी चिच्याउँछ, “म पनि त एक दिन चढ्छु होला हात्ती । ” म झसँग हुन्छु ।मान्छेहरु विवेकलाई अर्कै नजरले हेर्छन्। विवेकको समाजलाई हेर्ने नजर अर्कै । म बीचमा रणभुल्लमा छु ।

विवेक भाग्यमानी छ । हरेक वर्ष नयाँ विद्यालयमा पढ्छ । उसलाई बुझ्न विद्यालयका गुरुहरु असफल भएर हो वानचाहेर पनि म विवेकलाई अर्को विद्यालयमा सार्न बाध्य हुन्छु, जहाँ विवेकलाई गुरु मात्र नभई वात्सल्य चाहिएको छ ।मलाई बिरालोले बच्चा सारेको मात्र याद आउँछ । गत वर्ष पनि उसले यस्तै हर्कत व्यहोर्यो ।

नयाँ विद्यालयमा विवेकको मासिक शुल्क तिर्न ढिला भइसकेको थियो। मध्यम वर्गीय परिवारमा समयमा तलब नआएपछितनाब सुरु हुँदोरहेछ । वर्षकोतेस्रोत्रैमासिक परीक्षामा विद्यालयले ताकेता गर्नु नौलो कुरा रहेन । म सोच मग्न भएँ ।छोराको शुल्क जसरी नि तिर्नु नै थियो। अघिल्ला चार महिनाको शुल्क चोखै तिर्नु थियो । तर तिर्ने कसरी ? गोजी तखाली नै थियो ।

विवेकको उपचार अनि घरखर्चले उसको तलब कहाँ बच्थ्यो र? आफू फेरी सोझो शिक्षक न प¥यो। आम्दानीको लागिविद्यालय न हो मेरो भर । ?श्रीमतीले कमाएको केही रकम त दालचामल मै ठिक्क हुन्थ्यो ।फेरि तलब आउन अझै केहिदिन बाँकी नै थियो। अरु सीप नलागे पछि म मेरो मिल्ने साथी महेशको घरमा पुगेँ। । अब माग्ने पो कसरी ? माग्ने मेरोस्वभाव थिएन। नमागी छोरोको विद्यालयमा शुल्क बुझाउन सक्ने अवस्था थिएन। जसोतसो हिम्मत जुटाएँ र भनेँ, “मलाईभन्न अप्थ्यारो लाग्छ, साथी । सकिने भए केहि रकम सापटी पाइएला कि ।”

कताकता आत्मग्लानीले मेरो शीर निहुरियो । म खुशी छु, साथीले मेरो शीर निहरिन दिएन र सान्त्वना दिदै मेरो बैङककोखातामा केहि रकम पठाइदिए । मोबाइलको बैकिङ एपस्खोलेर हेर्दा थाहा भयो, पचास हजार पठाइदिएछन्। भोलिपल्टम विद्यालयमा छोरोको शुल्क तिर्न गएँ । चार महिनाको मासिक शुल्क र परीक्षा शुल्क बुझाएँ। विद्यालयका लेखापाललेहाँसी हाँसी पैसा गनी लिए ।छोरोको राम्रो हेरविचार गर्नेलाई शुल्क बुझाउनु मेरो कर्तव्य पनि त हो। एउटा समस्याट¥यो भन्ने हिसाबले मन खुशी भयो ।

तर सोचे जस्तो हुन्न रहेछ। अकाउन्टेन्टले प्रिन्सिपललाई भेटेर जान भने। मलाई आपति थिएन। उक्त दिन विद्यालयप्रिन्सिपल बाहिर जानुभएको रहेछ । अर्को दिन भेट्ने वाचा गरी फर्किएँ। अर्को दिन अस्पताल जानुपर्ने थियो । श्रीमतीछोरो लिन विद्यालय गइन् । विद्यालयमा शिक्षकको व्यवहार पहिले जस्तो थिएन। उनीहरुको अनुहारमा मलीनता रछोराप्रति वितृष्णाको भाव थियो । उनले केहि भनिनन्। हामी अस्पताल पुग्यौँ ।काठमाण्डौँको नाम चल्ने टि..यु. शिक्षण अस्पतालमा हामी नियमित चेकजाँचको लागि गयौँ।पाँच वर्षे छोरो विवेकलाई नचिन्ने कोही थिएन। हिस्सी परेको, राम्रो जिउडालले विवेकलाई विरामी भन्नै नमिल्ने । भन्नत सबैले अटिजम भने। तर यकिन थिएन । जन्मजात अटिजम पनि होइन । सामान्य तरिकाले स्वस्थ रुपमा उसको जन्मभएको थियो। सुरुको साढे दुई वर्ष राम्ररी वित्यो। अरुभन्दा सबैकुरामा अगाडि थियो । चाँडै हिड्न सिक्यो र चाँडै बोल्नपनि । तर पौने तीन वर्ष हुँदा आएको ज्वरोले यसरी हान्यो कि हाम्रो चैन हरायो । पहिलो पटक उनमा काम्ने व्यथा भो। आँखा माथि फर्के, शरीर कक्रक्क प¥यो , मुखबाट फिज आयो । पखाला पनि लागेको थियो। जिवनजलको सेवनलेपखाला त रोकियो तर ज्वरो र बान्ता भइ नै रह्यो । सिटामोलको सहायतालेज्वरो कम भयो ।हामीलाई लाग्यो कि उनीनिको हुँदै गए । तर बोली हरायो। निको भएसँगै एक ठाउँमा बस्न नसक्ने भयो । भन्नेले देवी देवताको दोष भने । जेगर्दा नि भएन । अस्पताल जाँदा थाहा भयो। छारे रोगको लक्षण रहेछ । इ.इ.जि.ले स्पष्ट देखायो तर एम्.आर.आइ भनेसामान्य थियो । उसमा छारे रोग देखिएको रहेछ ।सुत्दा मस्तिष्कमा मात्र आउने छारे रोगले उसलाई छोडेको थिएन ।औषधीले छोएको थिएन ।अरु बेला त बाबु तन्दुरुस्तैदेखिन्थे। गोरो अनुहार अनि मीठो मुस्कानले सबैलाई लठ्ठ पाथ्र्यो ।मात्र के भने बाबु अरु भन्दा फरक थियो । ऊ बोल्न त सक्थ्यो तर के बोल्थ्यो उसैलाई थाहा थिएन। दुई दुई शब्दमाबोल्थ्यो । तर दोहोरो कुरा गर्न उसलाई सकस हुन्थ्यो। उसलाई हाम्रो कुरो बुझ्न गाह्रो पथ्र्यो ।अनि हामीलाई उसलाईबुझ्न। तैपनि ऊ सिमित शब्द भएपनि बोलिरहन्थ्यो।

मौका पाउँदा मोबाइलमा गीत तथा नृत्यका भिडियोहरु हेर्न मन पराउँथ्यो। गीतका टुक्रा त कण्ठै पाथ्र्यो । मुड आउँदागीतका टुक्राहरु गाउँथ्यो। क्षणै पिच्छे भिडियो बदलेर हेथ्र्यो ।

कसैको थाइमा वाल चाँदीको सिँक्का, चाँदीको सिँक्का भन्दै ंउफ्रन्थ्यो, नाच्थ्यो । कहिले अंग्रेजीमा बालगीतहरु गाउँथ्यो ।उसका गीतहरुमा विवेकको अव्यक्त प्रतिभा देखिन्थ्यो। तर कहिल्यै आफ्ना मनका कुराहरु बोल्न जान्दैनथ्यो। उसकोव्यवहारले नै सबै बताउँथ्यो। हुन त बोल्दै नबोल्ने पनि होइन, विवेक। चाहिने कुराहरु माग्न यो। जान्थ्यो । भोक लाग्दाखाजा माग्न र शौच गर्न शौचालय जान अनुरोध गर्न सिकेकै थियो। तर पनि खोइ विवेक अरुभन्दा बेग्लै थियो ।

उसको समस्या नै भन्नु नै पर्दा ऊ एकै ठाउँमा अडिन सक्दैनथ्यो ।चञ्चले स्वभावको विवेक एक ठाउँबाट अर्को ठाउँगरिनै रहन्थ्यो। कहिलेकाँही हामीलाई सम्हाल्न पनि मुश्किलै पथ्र्यो । तर विवेक ज्ञानी नै थियो । अरुलाई दुः ख दिनेउसको बानी थिएन । अभिव्यक्त गर्न गाह्रो लाग्ने, एक ठाउँमा बस्न नसक्ने, अनि आफूले सिकेका कुरा दोहो¥याएरसिक्नुपर्ने भएर होला उसका गुरु आमाहरु उसलाई हेर्न र पढाउन गाह्रो मान्थे ।

विवेक किताबकका पानाहरु पल्टाएर त हेथ्र्यो । तर अक्षरको साटो चित्रहरु पढ्र्थ्यो। चित्रहरु हेरेर हास्थ्यो । सायद चित्रहरुउसका लागि नाच्दा हुन्। कलम अजीव तरिकाले समात्थ्यो । रातमा निन्द्रा नलाग्दा दिदीका किताबहरु पल्टाउने स्वभावलेमेरो आखामा आसुँ रसाउथ्यो । कति दिन रातहरु उसकै बारेमा सोचेर बित्थ्यो । उसकोआमालाई छोरोको निन्द्रा नैसबथोक थियो । उसका गीतहरु सुनेर हामी खुशी हुन्थ्यौँ। गीतको अर्थ थाहा नभएपनि बाबु गीतका टुक्राहरु गाएरहामीलाई हसाउँथ्यो । सुन्दा अटिजम जसो लागे पनि पूर्ण अटिजम थिएन। आँखा जुढाएर कहिले हेथ्र्यो, त कहिले हेर्दैनथ्र्योइ.स.इ.स नामको रोगले हो कि विवेक अरुभन्दा भिन्न थियो । तर हाम्रो मुटुको टुक्रो थियो । बाल चिकित्सक डा.मेरिना र डा.लुनाले परैबाट बाबुलाई चिने र भेट्न आउनुभयो।

मलाई लाग्छ, विवेक हाम्रो मात्र छोरो थिएन । डा. मेरिना र डा. लुना पनि उसलाई उतिकै माया गर्थे । मिथाइलप्रिडनोसोलनको ६ महिने थेरापीले सोचेजस्तो काम नगर्दा हामी निरास थियौँ। आइ.भी.आइ.जी नामको प्लाज्मा थेरापीगर्ने योजना उहाँहरुले सुनाउनु भयो। आर्थिक समस्याका बाबजुद विवेकलाई सामान्य बनाउन उहाँहरुको योजना सहस्रस्वीकार ग¥यौँ। हुने हार दैव नतार यो थेरापीले नि काम गरेन। विवेकको मस्तिष्कमा छारेको भाइब्रेसन आउन रोकेन।महिनाहरु वित्दै गए । तर हामीले हार खाएनौँ। हामी एउटा युद्धमा थियौँ। सुरुमा लाग्थ्यो, विवेकको रोग हाम्रो सत्रु हो ।होइन रहेछ, उसको समाज नै ऊ विरुद्ध उभिएको पायौँ।मनमा यति कुण्ठा हुन्थ्यो कि शब्दमा व्यक्त गर्न सकिदैनथ्यो ।

नभन्दै विवेकलाई विद्यालयबाट निकालियो। मैले प्रधानाध्यापकलाई विद्यालयबाट निकाल्नुको कारण सोधेँ । विवेक सम्पूर्णअभिभावकको गुनासो बनेको हुँदा राख्न नसक्ने बताए ।लाख अनुरोध गरेँ । केहि लागेन । तारे जमिनमा देखाइएकोइसानले त आमिर खान जस्ता शिक्षक पाए । जसले इसानको प्रतिभालाई चिने र इसानलाइै विशिष्ट बनाए । तर हाम्रोसमाज कहाँ फिल्म जस्तो हुँदो रहेछ ? वास्तविक विवेकरुपी इसानहरुलाई हाम्रो विद्यालयमा ठाउँ नै छैन । विभेदलेभरिएको यो समाज अनि संविधानमा लेखिएको समानताको कुरा चुट्किला जस्तो लाग्यो। मैले भनेँ, यदि विवेकको ठाउँमाप्रिन्सिपलको छोरो भएको भए के विवेकझै विद्यालयबाट निकालिन पथ्र्याके? उनी मौन रहे वा जवाफ दिन चाहेनन्।अनि सम्झेँ देशमा छरिएर रहेका लाखौँ विवेकहरु जो आफ्नै परिवार, समाज तथा राज्यबाट तिरष्कृत भएका छन्।अबको आवश्यकता शिक्षा मात्र भनेर नपुग्ने रहेछ, समता मूलक शिक्षा नै आजको आवश्यकता भन्ने पाठ विवेकलेहामीलाई पढाए । म खुशी छु वा छैन थाहा छैन, तर सिक्दैछु भगवानले रोजेरै विवेकलाई मेरो परिवारमा जन्म लिनपठाएका हुन, मेरो परीक्षा बाँकी नै छ। मैले त मेरो छोरो विद्यालयबाट निकालिन बाट रोक्न सकिनँ ।अरु विवेकहरुनिकालिनबाट रोक्न सकियोस् भन्न चाहन्छु र राज्यबाट हरेक विद्यालयलाई विवेकजस्तो विद्यार्थी पनि पढ्न सक्नेबनाइएको हेर्न चाहन्छु । राज्यले कस्तो विवेक लगाउँछ हेर्न बाँकी छ ।

  • लेखक अर्जुन कोन्दा अंग्रेजी शिक्षक, ख्वप मा.वि.मा अध्यापनरत हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here