हनुमन्ते खोला र त्यहाँ घुम्ने क्यामेरा : अर्जुन कोन्दा

0
731

अर्जुन कोन्दा


आमाले आफू सानो छँदा सुनाउनु भएको हनुमन्त खोलाको कथा आज पनि सम्झना छ । मङगल तीर्थमा गएर लुगा धुने, मुख धुने र बुढापाकाले स्नान गर्ने अनि बाराही मन्दिरको दर्शन गर्ने कथा आज आफनी छोरीलाई सुनाउदा विश्वास दिलाउन गार्‍हो छ । आमाको पालामा कायम भएको हनुमन्तेको सुन्दरता र धार्मिक महत्व समयसँगै विलाएको देख्दा उदेग लाग्छ । तर हनुमन्तेको चर्चा हिजोभन्दा आज बढेर गएको छ।


पानी पर्न थाल्ने बितिकै क्यामेराहरु खोलाको छेउछाउमा दौडन्छन । कतै रिपोर्टिङका लागि ड्र्र्रोनहरु आकाशमा देखिन्छन । लगतै सामाजिक सञ्जाल हनुमन्तेको तस्बीर र भिडियोबाट भरिन्छन। भिडियोहरुमा हनुमन्ते कहिले बस्तीभित्र पस्छिन त कहिले बस्ती हनुमन्तेमा । यहाँ आउने बाढीसँगै सञ्चार जगत तातिन्छन । विभिन्न पत्रपत्रिका तथा युटयुवु च्यानलहरु हरेक वर्ष हनुमन्तेमा आउने बाढीको समाचार लेखनमा वार्षिकी मनाउँछन ।
कतै स्कुुल, कारखाना, टहरा त कतै घरहरु डुबानमा पर्छन र्। कतै सार्वजनिक तथा नीजि सवारी साधनहरु समेत पानी जहाज बन्छन । हनुमन्ते खोलामा प्रवचन दिनेहरुको लर्को चल्छ ।


रमाइलो कुरा त के छ भने भर्खरै मात्र भक्तपुरका एक गण्यमान्य माननिय सभासदले समेत हनुमन्तेमा पुराण लगाउन भ्याए । पुराण लगाउने क्र्र्रममा बाराही पुल डिजाइनले गर्दा डुबानमा परेको तथा हनुमन्ते करिडोर भक्तपुर छिर्न नपाउँदा डुबान भएको समेत भन्न भ्याए । यस्तै पुराण वाचन हरेक वर्ष चलिरहन्छ । सामाजिक सञ्जालमा फेसबुके टिप्पणीले पेज भरिन्छन । लाइक र डिस्लाइकको ओइरो लाग्छ । दिउँसो जसै खोलामा पानीको सतह घटछ,, समाजले डुबानको समस्या क्षणभरमै विर्सन्छ । डुबानमा परेर आपतमा परेकाहरुको दैनिकी पनि सामान्य बन्दै जान्छ । हनुमन्तेको कथा पछि न सञ्चारले देख्छ न सामाजिक सञ्जालले । फेरी अर्को वर्ष डुबानले वार्षिकी मनाउँछ ।

यसरी यस वर्ष पनि सबैजना वार्षिकीमा सरिक भए, रमिते बने। हनुमन्ते खोलाको कथा न समाजले बुझछ, नबुझन
नै चाहन्छ । किनकी हनुमन्तेमा बाढी नआए सामाजिक सञ्जाल र सञ्चार जगतले अर्को वर्ष वार्षिकी कसरी मनाउँछ
? हनुमन्तेको घाउलाई नकोटरे वा मलम लगाए घाउ निको हुने आजको समाजलाई डर छ ।


नगरकोटको मुहान पोखरीदेखि बग्दै आएको हनुमन्तेले धेरै पुस्ताको तिर्खा मेटिसकीन, अझै धेरै पुस्ताको तिर्खा
मेटदैछिन । छेउछाउमा रहेका जग्गाजमिन मात्र नभएर धेरै इटाभटाहरुको प्यास मेटिसकेकीे छिन । सुख्खायाममा त झन आफैलाई प्यास लाग्दो हो, पानी नपाएर तिर्खाएकी छिन । तापनि सहरको मलमूत्र बोकी ढलको काम गरेकी छिन ।


मलाई पनि हनुमन्तेको दर्शन गर्न मन लाग्छ । तर हनुमन्तेको छेउछाउमा जाने वितिकै अटरको वासना हररर आउने गरेको छ। सुर्यविनायकबाट राम मन्दिर आउँदा जाँदा होस या बाराही पुल तर्दा , विशेष अटरको वासनाले हायल कायल हुन्छु। मङगल तीर्थमा मिसिएको सहरको उपहारले खोलाको सतहमा लेदो थपिएको छ । अनि हनुमन्ते खोलाको वरिपरि उक्त अटर बढेर हो कि भक्तपुर सहरको छेउछाउ वासनाले भरिएको छ । मङगल तीर्थमा हुने गरेको यो मङगल कृयाकलापले हनुमन्ते बौलाएकाे छ ।


अनि हनुमन्ते खोलाको दाँया बायाँ हेर्छु,, खोलामा बगर कम, ढलनिकास ज्यादा देख्छु । कतै किसानको खेतले हनुमन्ते साँघुरिएको छ त कतै अव्यवस्थित जग्गा प्लटिङले । अनि कम गहिराइ र साँघुरो भएको खोलामा सामान्य मनसुनले पनि बाढी ल्यायो भन्नु नै हास्यपद छ। नपत्याए गुगल स्याटेलाइटको मदतले हनुमन्तेको चित्र हेर्नुस । कथा स्पष्ट हुन्छ । भन्नेले करिडोरको व्याख्या पनि गरेका छन । तर मैले नबुझेको कुरा चै खोलालाई बगर चाहिएको हो या करिडोर । म करिडोरको विरोधी होइन तर के खोेलालाई साँघुरो बनाई बनाएको करिडोरले समस्याको समाधान गर्ला ? खोलाको गहिराइमा ध्यान नदिई बनाएको करिडोरले साँघुरो खोलाको बगरको काम गर्ला ।
खोलामा बाढी नै आएको हो या खोलामा बग्ने ठाउँ नभएर बग्ने ठाउँ खोजेको हा, सजिलै बुझन सकिन्छ । आफू जल
विज्ञ त होइन, विज्ञहरुलाई आफना धारणा राख्न मेरो अनुरोध छ । भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला
जगातिदेखि सल्लाघारीसम्म डुबान हुनुको कारण करिडोरले खोला साँघुरो बनाउँदा बनाएर पानी थुनिएको त होइन ? यसको मतलब सल्लाघारीभन्दा पुर्वतर्फ खोला फराकिलो भन्ने अर्थ नलागोस । जुन जुन ठाउँमा खोलाले बगर
गुमाएको छ वा खोला पुरिएर सतह माथि आएको छ, बाढी उतै बढी देखिन्छ । जगातीबाट हनुमानघाट आइपुग्दा खोलाको सतह माटोले बेला बेलामा पुरिएर सतह माथि आएको देखिन्छ । अर्कोतिर कतै खोला साँघुरिएर पानी बस्ती पुगेको देखिन्छ ।


हनुमन्तेको अतीत सम्झिदा अहिले मात्र पानीको सतह बढेको भन्नु मनासिब हँुदैन । पहिले पनि बाढी आउने नै गथ्योँ, अहिले पनि आएकै छ । फरक भनेको हिजो बस्ती खोलातिर सरेको थिएन, आज बस्तीले खोलालाई अतिक्रमण गरेको छ । नतिजा खोलाले आफनो स्वरुपमा फर्कदा बस्तीमा डुबान भएको हाउगुजी चल्छ । दु ःखको कुरा हनुमन्तेको कथा न समाजले बुझछ न सामाजिक सञ्जालले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
3
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here