भक्तपुर, श्रावण २५ । भक्तपुर घरेलु तथा साना उद्योग संघको आयोजना र सिद्धार्थ बैकको सहकार्यमा लघु ,घरेलु तथा साना उद्यमी कर्जा सम्बन्धि वितिय साक्षरता कार्यक्रम सम्पन्न भयो ।
भक्तपुरमा रहेका लघु ,घरेलु तथा साना उद्यमी व्यवसायीहरुलाई लक्षित गरी संचालन गरेको उक्त कार्यक्रममा तालिम प्रदायक संस्था उपाए विजनेश सोलुसनबाट ईन्दिरा पाठकबाट उद्योग व्यवशाय दर्ता गर्ने प्रक्रियाको बारेमा जानकारी गराउनुभएको थियो भने सत्रुधन सिहबाट पान तथा भ्याट सम्बन्धि जानकारी गराउनुका साथै पान तथा भ्याटमा दर्ता गर्नुपर्ने तथा नपर्ने व्यवशाय र दर्ता गर्दा पाउने सेवा सुविधाको जानकारी गराउनुका साथै आर्थिक ऐनले दिएका सुविधाहरुबारे पनि बताउनु भएको थियो ।
कार्यक्रममा सिद्धार्थ बैक केन्द्रिय कार्यालयका लघु वित्त विभागका सम्पर्क अधिकृत अमिर मैनालीले सिद्धार्थ बैकको १९६ शाखाबाट २० हजार देखि ५ करोड सम्मको करिव ३७ प्रतिशत साना उद्यमी, कृषि व्यवशायीहरुलाई ऋण प्रवाह भईरहेको जानकारी गराउनुका साथै साना उद्यमीहरुलाई लक्षित गरी प्रदान गरिने र गरिरहेको ऋण सम्वन्धमा प्रस्तुतीकरण गर्नु भयो ।सो अवसरमा सिद्धार्थ बैकबाट हाल सम्म करिव १९ हजार भन्दा बढी साना उद्यमीहरुलाई करिव २१ अर्व ऋण प्रवाह गरिसकेको र अटो सवारी २७०० भन्दा बढीलाई ऋण प्रवाह गरिसकेको जानकारी गराउँदै हाल पनि १४ हजार भन्दा बढी साना उद्यमी लाभान्वित भईरहेको जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष प्रेमकृष्ण खर्बुजाले स- साना व्यवसायीहरु बैकको झन्झटिलो प्रक्रियाका कारण महगो व्याजदरमा भएपनि सहकारीमा ऋण लिन बाध्य भएको कारण सिद्धार्थ बैकमा साना उद्यमी व्यवाशायीहरुलाई ऋणको लागि बैकसम्म आउने सहज वातावरण श्रृजना गरिदिने अपेक्षा राख्नुभयो ।साथै उहाँले सहकारी तथा बैकमा पनि व्यक्तिगत रुपमा ऋण लिन्दा नेपाल सरकारले प्रदान गरीने पुन: उत्थान कोष तथा हालै व्यवस्था गरेको पुन: कर्जा जस्ता सुविधा लिन नसकेको हुन्दा ऋण आवश्यक भए वैकमा व्यवसाय ऋण लिन अनुरोध गर्नुभयो ।
कार्यक्रममा सिद्धार्थ बैक च्याम्हासिह शाखाका शाखा प्रमुख कल्पना प्रजापति,सुर्यविनायक शाखाका शाखा प्रमुख सुनिता भुजु तथा नयाँ ठिमी शाखा प्रमुख बन्दन त्वायना तालिम प्रदायिक संस्था उपाए विजनेश शोलुशनका सिईओ शोभा श्रेष्ठ, संघका पुर्व अध्यक्षहरु सौन्दर्यकला व्यवसायी संघ, विभिन्न क्षेत्रका ५० जना भन्दा बढी उद्यमी व्यवशायीहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा संघका सचिव श्यामसुन्दर श्रष्ठले संघले प्रदान गरिरहेको सेवा सुविधा बारे पनि बोल्नु भएको थियो ।


















