भक्तपुरमा आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु

0
2917

भक्तपुर, श्रावण २५ ।

भक्तपुरमा आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताए ।

६ वर्षीया रियान्सी सोही स्कुलमा सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट ओर्लिएर बाटो क्रस गर्न लाग्दा त्यहि बसको ठक्करले गम्भीर घाइते भएपछि उपचारको लागि उनलाई डा. ईवामुरा अस्पतालमा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको डीएसपी कार्कीले जानकारी दिए ।बस चालक ५९ वर्षीय कान्छा देउपाललाई प्रहरीले पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
19

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here