एक्लाे मान्छे

0
255

-मार्शल ।

एक्लाे मान्छे
जहाँ छ, जस्ताे छ
सब आफैमा छ


न अभावले पाेल्छ
न त खुशीले उफार्छ
खुशी छ सुखी छ


न कसैकाे आस छ
न कसैकाे त्रास छ
हिँडि रहने, आफ्नै सुर छ


न समीप छ कसै संग
न त दूरी छ कसै संग
जहाँ छ जस्ताे छ, ठीकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here