भक्तपुर, चैत ५ । माध्यमिक शिक्षा परीक्षा (SEE) चैत्र ०७ गते बिहीबारदेखि सुरु हुने भएको छ । यस वर्ष २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सामुदायिक र संस्थागत गरी जम्मा ११,२१६ ओटा विद्यालयहरूबाट ५,१४,०७१ (छात्रा २,५७,७३०, छात्र २,५६,३११ र अन्य ३०) परीक्षार्थीहरू नेपालमा २०७९ र जापानमा १ गरी कुल २०८० परीक्षा केन्द्रबाट परीक्षामा सहभागी हुँदै छन् ।
कुल परीक्षार्थीहरूमध्ये १६,९४७ जना परीक्षार्थीहरू प्राविधिक धारतर्फका रहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक / सहयोगी कर्मचारी र सुरक्षाकर्मी समेत गरी जम्मा ७७, ८१७ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने छ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) लाई अनुशासति, व्यवस्थित, मर्यादित, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सातओटै प्रदेशका प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको समन्वयमा ७७ ओटै जिल्ला परीक्षा समन्वय समितिहरूबाट परीक्षामा खटिने केन्द्राध्यक्षलगायतका जनशक्तिलाई अभिमुखीकरण गर्ने कार्य सम्पन्न गरी प्रश्नपत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुऱ्याउने लगायतका तयारीसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न भइसकेको जनाइएको छ ।
माध्यमिक शिक्षा परीक्षा (SEE) तयारी पुरा, परिक्षामा ५ लाख विद्यार्थी सम्मिलित हुदै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
+1
+1


















