तपाईं डाक्टरले बा ….

0
219

–कुमार लघु,ख्वप
म र मेरो आँखा रातो भएको
त्यो स्थिती मैले थाहा पाईन्
अलिकती खुट्टा चलाउँन गाह्रो
छिमेकी र माईली बुहारीले
दाइ के भयो
तपाईँकाे आँखा रातो छ आजैअस्पताल जानुस्
ल ठिक छ,भनेर
भोलि जाऊला भनेर तारे ,
विहानै सबेरै उठे
छोरी निशा नानी साथमा लिई
गएको
मध्यपुर अस्पताल पुगे
पुग्ना साथै ल घडि,आैठी फुकाल्नुस्
तपाईलाई भर्ना गर्न पर्ने
म र छोरी वाल्ल परे
डाक्टरहरू निपुण
ल बा डराउन पर्दैन्
हामी निकोपारेर घर पठाउँछु ल,
म रोग निको पारिदिन्छ भनी निर्धक थिए,
डाक्टरहरू सबै आएर
समय मै विरामी जाँच्थो,
डाक्टरहरूको नियमित
टे्टमेन्ट असल
भर्ना भए
घर फर्कन आतुर
नाै दिनसम्म उपचार गरी फर्के ,
हातले लेख्न खोज्छु
अक्षर लेख्न कठिनाई थियो,
बल्ल बल्ल कोसिस गर्दा गर्दै लेख्न हात वस्यो
मन आनन्दले मस्त बने
डाक्टरहरूको जय होस् ,
मध्यपुर हस्पितलकाे जय होस् ,
मेरो श्रीमती रोई फोन उठान सकिन्
वेला वेलामा कहिले फर्किने ?
ह ह भनी सोध्थो
अब आउने मैले भन्थे
मन थाम्न नसकेर आई
उ मेरी थर्मसमा चिया लिई आए
सबेरै सबेरै अस्पताल पुगि
मन त रोई राख्या
मेरो बानी जस्तै
दु:ख सुख भएनी
मनमा संगालेर राख्ने
कहिले कसैलाई नबताउने
दु:ख परेको बेला
शत्रुले हेला गर्छन्
डाक्टर भनेको डाक्टरै हो
त्याे मध्यपुरको राम कृष्ण
उ बेला अस्पतालको
असल डाक्टर
आर्को नि डाक्टर बा राम्रो
बा तपाईँलाई निको बनाउने
हाम्रो काम भन्दै नमस्कार बा
जहिले नि नमस्कार बा
कति राम्रो बानी डाक्टरहरूकोमा
निपुण असल नरम मीठो बाेली
म आज पनि त्यो ताकाको सम्झना
हुन् त अस्पताल
कहिले आउन नपरोस्
धन्यवाद डाक्टर बा भनेहरूलाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here