नेपाल क्रान्तिकारी शिक्षकसंघ नगर समितिको अध्ययन गोष्ठी

0
230

भक्तपुर, कार्तिक १९ । नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगरसमितिको आयोजनामा अक्टोबर क्रान्तिको अवसरमा नेमकिपाका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेद्वारा रचित आत्मनिर्भरताको प्रश्न र आर्थिक विकासको पुस्तकबारे अध्ययन गोष्ठी सोमबार सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सांसद तथा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैजूले उक्त पुस्तक नेमकिपाकाे आर्थिक दृष्टिकोण र अर्थशास्त्रको रूपमा रहेको बताउँदै विगत ४० वर्षमा गठन भएका हरेक सरकारले उक्त विचारलाई एकएक गरेर पन्छाउँदै जाँदा आज देश युवाविहिनतासँगै आत्मनिर्भरताको लागि युवा जनशक्तिको अभाव भएको बताउनुभयो ।

उहाँले कर्णाली र सुदुर पश्चिममा रहेको उन्नत जातको फलफूल र विभिन्न अन्नहरु विश्वका विभिन्न देशमा निर्यात भइरहेको अवस्थामा विभिन्न सरकार विदेशी रेमिट्यान्सको भरमा देश र परिवार चलाउने परिपाटीले विदेशी उत्पादनको अत्यधिक प्रयोगले देशभक्तिको भावना नहुने बताउँदै नेपालको स्रोत साधनको प्रयोगमा भारतको पुँजी एकाधिकार हुँदा नेपाल प्यालेस्टाइनको दुर्गति भोग्नुपर्ने बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले आफ्नो स्वाभिमान दाउमा राखेर विदेशी सहयोग स्वीकार्दा भविष्यमा दुःख पाउने बताउँदै क्रान्तिकाे निम्ति मानसिक रूपमा तयार हुन उक्त अध्ययन गोष्ठीले सहयोग पुग्ने बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले भक्तपुर काण्डमा नेमकिपालाई समुल नष्ट गर्ने प्रयास भइरहेको समयमा पहिलोपटक प्रकाशित भएको उक्त पुस्तकको माध्यमबाट सरकारले आफ्नो गल्ती महशुस गरेको बताउनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक संघ नगरसमितिका अध्यक्ष विष्णुप्रसाद दुमरुको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा शिवराम बोहजूले नेपाल को आर्थिक विकासको सन्दर्भ विषयमाथि आफ्नो प्रस्तुति दिँदै स्वागत गर्नुभयो ।

रोशनराज तुईतुईले के नेपाल आफ्नै खुट्टामा उभिन सक्छ तथा विन्द्रा दुवालले संयुुक्त राज्य अमेरिका विषयमा आआफ्नो प्रस्तुति दिएको उक्त कार्यक्रममा लक्ष्मीभक्त लासिवा र रत्न प्रसाद फैजूले समेत बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here