- आरती नेपाल , कक्षा १२ ख्वप मा.वि.
म अनामिका ,
एक कुमारी आमा
जिउँदै जलेकी , म एकल आमा
जिम्मेवारीले थिचेर , पुगेकी म
परदेशी आफ्नो ,अस्मिता लुटिदा
विवश भई, स्वदेश फर्किएकी म
कोही आफ्नो नभए पनि आमा छिन्
भन्दै अन्तिम आस, लिएर हिँडेकी म
पहिलो कदम टेक्दा , जन्मघरमा
स्नेहले हृदय प्रफुल्लित, भएको थियो
तर अलिक, म फुलेको देखि
बा आमाको मुटु ,डराएको थियो
अस्पतालमा झन डाक्टरले
दिएको खुसीको खबरले बाबा
आमाको मनमा जहर भारी दियो
प्रमको त्यो कुण्डमा घृणा भरिदियो।
अनि उठ्यो प्रश्न म माथि
लाग्यो दाग नारी अस्मितामाथि
आफैलाई दोषदिउँ त कसरी दिउँ
न कुनै पुरुष सामु म ,झुकेकी थिए
न प्रेमिल जिवनमा नै ,डुबेकी थिए
बताऊँ त कसलाई बताऊँ
आफू निर्दोष भएको खबर
सुनाउँ त कसलाई सुनाउँ
पीडित मनको दुःखमय खबर
त्यही माथि समाजको डरले
बा आमालाई म छोरी भन्नपनि
लाज लाग्न थाल्यो
एक छोरी भएर बाआमाको लागि
अभिशाप भएर बाँच्नुभन्दा
बरु मर्न सजिलो लाग्यो।
सायद एक छोरी मात्र भएकी भए
घाँटीमा पासो लगाउन समय लाग्दैनथ्यो
नाबालकछोरीलाईअनाथ जीवन
दिन यो मनले मान्दैनथ्यो।
तर मेरी छोरीले बाबाको नाम
सोधिन भने
आमा बाबा कहाँ जान्छु भन्दै
जिद्धी गर्न थालिन भने
भन्ने त्रासमा र समाजले उसलाई
पक्कै नराम्रो भन्छ भन्ने त्रासमा
एक रात मातृत्व गुमाएर, छोरीको
भविष्य राम्रो हातमा परोस भन्ने
आसै आशमा
समाज सामु सिर झुकाएर , छोरीलाई
एक इनार नजिक छाड्न म बाध्यभए
छोरीलाई एक उज्वल भविष्य दिन नपाउँदा
मैले एक असल आमा हुनुको
पद पनि गुमाए।
भोलिपल्ट पत्रिकाको हरेक पानामा
छोरीको निहौरो मुहार देखे
मन अचानक अतासिन पुग्यो
छोरी भोकाएकी होली भन्नेलाग्यो
ममताले निथ्रुक्क भिजेकी म
दौडँदै छोरी कहाँ पुगी
अंकमाल गर्न मन लाग्यो
तर समाज दरार बनेको थियो ।


















