नुना र उनको फोनको घण्टी

0
145

आजभोलि सामाजिक सञ्जालमा जब उनको फोटो देख्छु, त्यही दिनको याद आउँछ । त्यो दिन जब मेरो मोबाइलमा घण्टी बज्यो , मलाई थाहा थिएन त्यो एक घण्टी मेरो जिवनको अविस्मरणीय घण्टी बन्छ भनेर ।
भर्खर भर्खर एन्ड्रोइड मोबाइल बोक्न थालेको थिएँ । लाग्छ, आज भन्दा नौ वर्ष अगाडीको घटना हो । स्पष्ट सम्झना त छैन । तैपनि ती तस्विरहरु आँखा सामू आइरहन्छ । बेलुकीको समय थियो सायद । खान खाइ सकेर कोठामा गफिदै थिएँ । मेरो प्यारो सानो छोरी खेल्दै थिई । सायद भुकम्प गएको एक वर्ष भएको हुनुपर्छ ।
अचानक फोनको बज्यो । टिरिङ… टिरिङ… । कलर फोन मोबाइलको त्यतिबेला बेग्लै रिङटोन थियो । छोरी सानै थिई । पलङमा भएको फोन लिन गई । फेरी अर्को घण्टी बज्यो, । टिरिङ… टिरिङ…। यतिबेला घण्टी लामै बज्यो। मैले सोचेँ, कुनेै साथीभाइको फोन हुनुपर्छ ।
मैले फोन मात्र के उठाएँथे, एक महिला फोेनमा बोल्न थाली- बचाऊ, मलाई बचाऊ, मलाई यहाँ मार्न लागिसके । सुन्दा परिचित आवाज जस्तो लाग्यो। मैले विस्तारै सबै कुरा बताउन अनुरोध गरेँ । उनी आँटिएकी थिई । उनको आवाज मैले बुझिनँ । फोन काटियो। मनमा चिसो पस्यो ।त्यो बेलूकीको समय मलाई फोन गर्ने उनी को होलिन् । अनि किन आँटिएकी होलिन्? के भन्न खोजिरहेकी होलिन्? मनमा थुप्रै कुराहरु खेले ।
मोबाइलमा फोन नम्बर चेक गरेँ । फोन नम्बर नेपालको थिएन । फोनको रेकर्डले सल्लालह भन्ने ठाउँ देखायो। नेपालमा यस्तो नामको स्थानबारे मलाई जानकारी थिएन। फेरी हेरेँ, सल्लालहको पछाडि लेखिएको थियो, ओमान । अहिलेको जस्तो इन्टरनेट सहज थिएन । ओमान भन्ने देशबारे मैले सुनेकै थिएन। मोबाइलको डाटा खोलेर गुगलमा खोजेँ । ओमान भन्ने देश त खाडी राष्ट्र रहेछ। खाडी राष्ट्रबाट त्यस्तो चित्कार पोख्ने को होलिन्?
मनमा चलेका अनेक तर्कनाबीच मैले सम्झेँ, उही नुना श्रेष्ठ। उनी नेपालमा केहि गर्न नसकेकाले विदेश जाने परिकल्पना गर्दथी । म प्राय विदेश जाने नै भए राम्ररी बुझेर श्रम इजाजत लिएर मात्र जानुपर्छ , भन्थँ ।
मसँग उनको परिवारको फोन नम्बर समेत थिएन। कहाँ बस्छ, के गर्छ थाहा थिएन। पढे लेखिकी नुना कसरी दलालको चंगुलमा पर्छे र ? विश्वास गर्न पनि गाह्रो भयो । फेरी समस्या नपरी फोन गर्ला र भन्ने भयो । अनि ल्यापटपमा उनीसँग सम्बन्धित केही कागज होला कि भनेर खोजेँ । केहि थिएन ।
उनको र मेरो बोलचाल भएको धेरै भएको थिएन । भक्तपुरको टौमढीमा अवस्थित पाँच तल मन्दिरको सिँढी झदर्ै गर्दा
खुट्टा चिप्लिएर म झन्दै तलसम्म खसेँथे । सायद तलसम्म खसेको भए, मलाई नराम्ररी चोट लाग्थ्यो नेै । सायद म घायते हुन्थेँ नैै। मलाई जोगाउने अरु कोही थिएनन्, थिई त उही नुना । उनी सिँढी चढ्दै थिई, म चिप्लिदै । म उनीसँग बेस्सरी ठोकिएँ ।उनलाई नमजासँग चोट लागेको हुनुपर्छ । तैपनि उनले मेरो हात समातिन्र खस्नबाट जोगाइन्।मैले दिएको धन्यवादबाट सुरु भएको थियो, हाम्रो परिचय ।
संजोग पनि कस्तो, हामी एउटै कलेज पढ्ने । तर बोलचाल थिएन । हामी एउटै कक्षामा पढ्थ्यौँ । म अघिल्लो बेञ्चमा बस्ने, उनी मेरो पछाडी। त्यसपछि भने उनीसँग मेरो बाक्लै हिमचिम भयो । हामी राम्रै साथी बन्यौँ ।
म साथीहरुको समूहमा उनीसँगै खाजा खान जान्थेँ । मलाई उनको मृगजस्तो आँखा साह्रै मन पथ्र्यो । पूणर्िमाको जून जस्तो उनको मुहारमा घुम्रिएको कपाल त भन्नै परेन । मानोैँ म उनी प्रति एकोहारो आकर्षित भइरहेको थिएँ। उनलाई यो कुराको जानकारी थियो या थिएन थाहा भएन । म उनलाई भित्रभित्रै मन पराउन थालेँ ।
मलाई थाहा थिएन कि यो क्षणिक आकर्षण हो या प्रेम । तर म अव्यक्त रुपमा उनीतिरै तानिएको थिएँ । उनीप्रतिको मेरो झुकावले मेरो कलेज जीवन सकेको पत्तै भएन । म खुशी थिएँ, तिनको समीपमा हुँदा । तिनको यादमा म पागल हुन्थेँ । तर अव्यक्त झुकाव कहाँ सफल हुन्छ र?
एकदिन कलेजबाट तातोपानीको भ्रमण सकाएर फर्केको थिएँ । अहिले भन्नुपर्दा उतिखेर मसँग अभिव्यक्तिको कला थिएन । मैले मेरी नुनालाई एउटा मायाको चिनोको रुपमा मितरी पुलको पारी चिनिया पसलमा किनेको सानो उपहार दिन खोजेँ । मनमा डर थियो । कारण मेरो अव्यक्त प्रेम । सोचेजस्तो हुन्न रहेछ, जिवन बोलको गीतको सम्झना भयो । दु ः खका साथ भन्नुपर्छ , त्यो भेट नै हाम्रो अन्तिम भेट बन्यो। उनी मसँग रिसाइन । बोल्न छोडिन्। म भित्रभित्रै छट्पटिएँ, मुटु पोलेको भान भयो । तर म सोच्थेँ । मेरो यो प्रेम प्राप्तिको लागि थिएन। उनले मलाई मन पराउने मन नपराउने उनको अधिकार हो। मैले उनको निणर्यलाई सम्मान गर्नु नै उचित थानेँ । अनि उनको जिवनबाट टाढा पुगेँ।यसरी मेरी नुना मबाट टाढा भई वा म उनीबाट टाढिएँ । मन रोयो तर मैले उनको बारे कहिल्यै नराम्रो सोचिनँ बरु उनलाई एक जना राम्रो साथीको रुपमा मेरो मनमासजाइरहे ।
मन लगामबिनाको घोडा होभन्ने कुरा साँचो रहेछ । माफ गर्नुहोला कहाँ म नुनासँगको अतीतमा फर्केछु। फेरी घण्टी बज्यो, टिरिङ टिरिङ । आवाज स्पष्ट थिएन, स्वर डरले काँपेको थियो । शब्दहरु दोहोरिरहे, मलाई बचाऊ -मलाई बचाऊ । मैले फोनको रेकर्ड मोड अन गरेँ, अनि भनेँ विस्तारै सबै भन्नू, म सुन्दैछु। केहि कुरा बुझियो, कुवेत भनेर ओमान पुर्‍याइएकी रहिछिन्। फोन काटियो। के गर्ने ? कसो गर्ने ? थाहै भएन । ओमान भन्न्ो देशकोकुन ठाउँमा कुन अवस्थामा होलिन्भन्ने चिन्ताले म आँटिएँ । पुन फोन गर्ने प्रयास भयो। म सफल भइनँ। कल बाइपास भएको रहेछ । मैले श्रीमतीलाई आश्वासन दिएँ ,म नुनालाई बचाउँछु भनेर । मैले आश्वासन त दिएँ , तर केही प्रमाण थिएन मसँग । न त देशको नाम नै थाहा थियो । आपतमा काम नलाग्ने मेरो दिमागले फोन रकर्ड गर्न भ्याएछ ।
म तनावमा थिएँ ,आफू धार्मिक स्वभावको भएको हुनाले काठमाण्डौको एक मन्दिरमा भाकल पूजा गरेँ, त्यसकै भोलिपल्ट ल्यापटपमा खोज्दै गर्दा नुनाको भाई विश्वासको मोबाइल नम्बर भेटेँ । मेरो पहिलो कदम सफल भो । नुना फर्काउने सम्भावित उपायहरु खोज्न त्यस लगतै दुइटा कामहरु गरेँ । पहिलो सम्पूणर् कलहरु रेकर्ड गर्ने, विश्वासलाई भेट्नेर दोस्रो उपयुक्त प्रमाण र भरपर्दो च्यानल खोज्ने । पहिलो काम श्रीमतीले गरिन्र दोस्रो मैले । अफिसमा बिदा लिई शुभ चिन्तकहरुसँग भेट्न थालेँ र विश्वासलाई सुरुमै भेट्न त सकिनँ । तैपनि उता श्रीमतीले कल रेकर्ड गर्न थालिन्भने खोजीकार्य मैले । तर मसँग महत्वपूणर् सूचना थिएन । यही क्रममा ओमानबाट मसँग धम्कीपूणर् सन्देश आउन थालेका थिए , रु ३ लाख माग्दै ।
भाग्यले नुनाको भाइलाई फोन लाग्यो । धन्य, समयमै भाइले फोन उठायो । मैले बेलिविस्तार लगाएँ । मन अनियन्त्रित थियो । हामी नेपाल वैदेशिक रोजगार विभाग पुग्योैेँ । जाँदा हाकिमले जाँदा श्रम स्वीकृति नलिने अनि अहिले कसरी बचाउने भनेर बेस्सरी थर्काए । मन आँटियो। मनमा डर थियो र विश्वास पनि । पिपल्स फोरमको सहयोगले चिठी बन्यो ।तर श्रम इजाजत नभएकोले त्यहाँ काम नहुने भयो । हामीलाई अझै एजेन्टबारे थाहा थिएन। त्यही दिन अन्नपूणर् पोस्टमा छापियो, ओमानमा एक नेपाली महिलाको विवत्स हत्याबारे । एजेन्ट थियो ललित थापा ।मैले उसैलाई शंका गरेँ । अनि अपराध अनुसन्धान महाशाखामा सर्वेन्द्र खनाल भेट्न गएँ । उजूरी गरेँ ।
। श्रम विभागमा पुग्दा नि उस्तै जवाफ भो। विचलित मन यहीँ रोक्न मानेन र अनि साथीहरुलाई जानकारी गराएँ । उनीहरुले पहिला राहदानीको प्रतिलिीप चाहिने बताए । साथीहरुकै सल्लाहमा राहदानी विभाग पुगियो । राहदानी प्रतिलिपी त पाएनँौँ तर विदेश जाँदा भरेको फारम भेटायौँ ।त्यसैबाट उनी पुगेको देश र नेपाल छोडेको मिति प्राप्त भयो । समग्र जानकारी त थिएन । तैपनि हामी नेपाल कन्सुलर अफिस पुग्यौँ । रिपोर्ट गर्‍यौँ । अहँ केहि उँभो लागेन । भाग्यबस मध्य एसिया क्षेत्र हेर्ने एक जना पत्रकारसँग मेरो सम्पर्क भयो । उनले नेपालको एजेन्सीहरुसँग सम्पर्क गर्नै कुरामा विश्वास दिलायो। पछि महानगरिय प्रहरी परिसर टेकुमा सर्वेन्द्र खनालसँग भेट भयो। उहासँगको भेटपछि जाहेरी दिने कुरा भयो ।जाहेरी दिइयो। तर उल्टो नुनाले फोनमा कुटपिटमा परेकोर चरम यातना दिन सुरु गरेको बताइन्।मैले पनि अनेक धम्की पाएँ र अनजान नम्बरबाट फोन गरी फिर्तीको लागि पैसा माग्न थाले । अति भएपछि बाध्य भएर नेपालको केन्द्रिय अनुसन्धान ब्यूरो पनि पुगियो । भाग्य नै भन्नुपर्छ, एक हप्तामा नुना फर्की । ओमानको प्रहरीले उद्धार गरी नेपालको टिकट काटेर पठाएको रहेछ । नेपालको एक सामाजिक संस्थाले त्रिभुवन विमानस्थलबाट उनको उद्धार गरे । भोलिपल्ट मेरो मोबाइलमा फेरी एक घण्टी बज्यो। टिरिङ……….टिरिङ । फोनमा नुना सुकसुकाई । भोलिपल्ट उनको भाइसँगै उनलाई भेट्न गएँ । उनी ललाइ फकाइमा परी कसरी दिल्ली, कोलम्बो हुँदै ओमानमा बेचिइन्भन्ने उनकै मुखबाट सुनेँ ।
काठमाण्डौैको गौशालाबाट तराइ र सिमानाबाट रिक्सा चढेर विहार हुँदै दिल्ली पुगेको अनि दिल्लीबाट कोलम्बो पुगेपछि मात्र आफू बेचिएको चाल पाइन्नुनाले । कोलम्बोको गोप्य बन्दीगृहबाट ओमान पुगेको उनको कथा सुनेर मेरो जीउ सिरिङ्ग भो । आधुनिक युगको मान्छे बेच्ने कथा त खसी बेच्ने खसी बजारभन्दा फरक रहेनछ,उनी भन्दै थिइन्। नेपाली चेलीहरुलाई घरेलु कामदारको रुपमा लगी यौन दासी समेत बनाउने कुरा उनले आफै देखेको बताइन्। भाग्यले समयमै उद्धार भएर मात्र आफू बचेको बताउने उनको कथा सुनेर म शब्दविहीन भएँ । दु ःख तब लाग्यो, जब थाहा पाएँ कि उनीमात्र एक्लैबेचिएको होइन रहेछ । उनीसँगै अरु आठ जना चेलीहरु पनि बेचिएका रहेछन्। सबैको भाग्य कहाँ एउटै हुन्छ र? मैले चाहेर पनि केहि गर्न सकिनँ उनी भन्दै थिइन्। आफू नमरी स्वर्ग नदेख्ने रहेछ। नुनाले जिउँदै नरक देखिन्। उनको दर्दनाक यातनाको कथा तथा भोगाइकोव्यक्त व्यक्त गर्ने मसँग शब्द छैन। पैसा तिरेर लहलहैमा राम्ररी बुझ्दै नबुझी विदेश जाने र विदेशमा गएपछि सुन फल्छ भन्ने सोच कति आत्मघाती हुन्छ भन्ने कथा नुनाले मलाई सिकाइन्। अनि देशमा रोजगारी सृजना नगरी युवालाई विदेश पलायन गर्ने र रेमिटान्सको आशा गर्ने देशको फोहरी राजनितीबारे पनि नुनाले सिकाइन् । जुन् तस्बीर मैले उनमा देखेँ, सायद मैले कहिल्यै देखेको थिइनँ । जुन तस्बीरमा मैले नेपाली विदेशिनुको पीडा र छटपटी सँगै देखेँ । म त्यो तस्बीर सधैँ सम्झिरहनेछु ।
मेरा लागि उनको तस्बीर नेै उनको कथा हो ।नारीको कथा सुन्न नचाहने यो समाजमा नुनाले आफ्ना कथा तस्बीरसँगै भनिरहेकी छिन्। अपराधीहरु खुलेआम हिडिरहेपनि न्यायको लागि उनको लडाइ अझै सकेको छैन। गत वर्ष मात्र एक अपराधी तीन वर्षको जेलजीवन र क्षतिपूर्ति पछि केहि रकम तिरेर जेलबाट मुक्त भए ।यस्तै छ देशको कानून । अझैअपराधीहरु जोगिएर हिडिरहेको तीतो सत्यले नुनालाई पोलिरहन्छ। तैपनि मनलाई सम्हालेर अघि बढिरहेको देख्दा नुनाप्रति गर्व लाग्छ । किनकी नुना आफू मानव बेचविखनमा परेर उद्धारपछि मानब तस्करसँग लडेर सबैलाई नसकेपनि केहि अपराधीहरुलाई जेलको यात्रा गर्न बाध्य पार्ने साहसी महिला हुन्। जिन्दगीको त्यो घण्टीले मलाई ठूलो पाठ सिकायो ।उही नुना आजभोलि सामाजिक सञ्जालमा फोटो पोस्ट गरिरहन्छे । म भने कहिल्यै नविर्सने त्यही घण्टी
सम्झिरहन्छु । टिरिङ..टिरिङ …….

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here