कार्तिक ७ । केही हप्ताअघिको अविरल वर्षाले निम्त्याएको बाढीद्वारा पीडित भएकामध्ये आफ्नै घरमा खाना पकाएर खान नसक्ने अवस्थाका बल्खु सुकुम्बासी बस्तीका १५०० भन्दा धेरै मानिसहरूलाई नि:शुल्क खाना खुवाउने कार्यक्रम सम्पन्न भयो । Frizzey Light Nepal Team ले गत कार्तिक २ गतेदेखी ७ गतेसम्म निःशुल्क खाना वितरण गरेपछि सुकुम्बासी बस्तीमा ठूलो रौनक छाएको थियो ।
दैनिक १५०० लाई ६ दिनसम्म खाना वितरण गर्दा जम्मा वितरण ९००० पुगेको छ । Frizzey Light ले ६ दिनसम्म खाना वितरण गरेर आफूहरूलाई ठूलो सहायताको काम गरेको सुकुम्बासी बस्तीका मानिसहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















