उदय साकोसको साधारणसभा समीक्षा तथा सिंहावलोकन

0
114

भक्तपुर, १० कार्तिक । लिवाली ८ स्थित उदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत असोज १९ मा सम्पन्न २८ औं साधारणसभाको समीक्षा तथा सिंहावलोकन शनिबार सम्पन्न गरियो । सिंहावलोकन कार्यक्रमका सभापति तथा संस्थाका अध्यक्ष रामकृष्ण प्रजापतिले कुनैपनि योजना तथा कार्यक्रम गर्दा त्यसमा भएका कमजोरीलाई सुधार गर्दै संस्थाका सदस्यहरुको विश्वास जित्न आवश्यक कदम चाल्नपुर्ने बताउनुभयो ।

संस्थाका उपाध्यक्ष न्हुछे बहादर प्रजापतिले इमान्दारिता र पारदर्शिता अनुरुप साधारणसभामा भएको खर्च विवरण साधारणसभा समीक्षा तथा सिंहावलोकनमा प्रस्तुत हुँदा संस्थाको गरिमा बढाउन सहयोग पुग्ने बताउँदै संस्थाको प्रगतिको लागि आवश्यक सल्लाहसुझावको अपेक्षा गर्नुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले कुनैपनि कार्यक्रम सम्पन्न भएपछि त्यसमा भएका कमीकमजोरीलाई ताजा रुपमा केलाउन सके संस्था दिगो र बलियो हुने बताउनुभयो ।

संस्थाका सचिव दिलप्रसाद प्रजापति, संचालक सदस्यद्वय सोहन रञ्जित र दयालक्ष्मी प्रजापति लगायत संस्थाका व्यवस्थापक पूण्यराम गोसाइले बोल्नुभएको उक्त कार्यक्रममा विभिन्न उपसमिति, कर्मचारी तथा शेयर सदस्यहरुले साधारणसभाको कार्यक्रम विषयमा आआफ्नो सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here