ए तिम्रो एकता कसको लागि हो
के तिम्रो एकता
तिम्रै समृद्धिको लागि त होइन ?
तिम्रो विचारमा विश्वास गर्नेहरू
तिम्रो स्वार्थपूर्ण एकतामा
के खुसी छन् त?
कहिले त्यहीँ एकता
फोडिएर कोही कता कोही कता
विचार मिलोस् या नमिलोस्
शक्ति संचयको लागि
तिम्रो त्यो एकतामा
विचार हुँदैन व्यवहारको
टुट फुटको एकतामा
कमजोर व्यवस्थाले
बढ्यो वैदेशिक हस्तक्षेप
सत्ता र शक्ति धल्मल्याउन खोजे
लगाइन्छ एकअर्कालाई आक्षेप
यो कस्तो एकता ?
अपराधी र भ्रष्टाचारी समेटिएको
त्यो झुन्ड वा एकताले
सच्चा देशभक्त नागरिक
हराउँदै जाँदा
देशको अस्तित्व मेटाउने विरुद्ध
खोइ एकता ?
सत्यराम कासिछ्वा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















