पुस्तकालयकर्मीलाई लक्षित १० दिने ‘डिजिटल सेभी लाइब्रेरियन’ रिफ्रेसर कोर्स तालिम सम्पन्न

0
278


काठमाडौँ, माघ ७। राष्ट्रिय पुस्तकालय संघ (एनएलए) को आयोजनामा सेवा–रत पुस्तकालयकर्मीहरूका लागि सञ्चालन गरिएको ‘डिजिटल सेभी लाइब्रेरियन’ रिफ्रेसर कोर्स सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रमको सञ्चालन कार्यक्रम सन्चालन उक्त कार्यक्रमका संयोजक एवं नेपाल पुस्तकालय संघ, पृथ्वीनारायण क्याम्पस, पोखराका पुस्तकालय प्रमुख तथा उप महासचिव किशोर सुवेदीले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै एनएलएका संस्थापक अध्यक्ष मुरारी पोखरेलले डिजिटल प्रविधिको तीव्र विकाससँगै पुस्तकालयको भूमिका झनै बढ्दै गएको उल्लेख गर्नुभयो। उहाँले विशेषगरी विद्यालय तहमा तालिम प्राप्त दक्ष पुस्तकालयकर्मीको अभाव रहेको औंल्याउँदै यस्ता रिफ्रेसर तालिमहरू समयसापेक्ष र आवश्यक रहेको बताउनुभयो।
त्यसैगरी कार्यक्रमका अवसरमा महासचिव सन्जीव चौधरीले तालिमको उद्देश्य र उपलब्धिबारे प्रकाश पार्नुभयो। प्रशिक्षार्थीहरूको तर्फबाट मिना दल्लाकोटी र श्रीराम कासिछ्वाले तालिमले डिजिटल सीप, एआई आधारित ज्ञान सेवा तथा स्मार्ट लाइब्रेरी अवधारणामा आफूहरूलाई थप सक्षम बनाएको अनुभव मन्तव्य व्यक्त गर्नुभयो।
AI & Knowledge Services र Smart Libraries मा केन्द्रित उक्त तालिमले पुस्तकालय सेवामा आधुनिक प्रविधिको प्रभावकारी प्रयोगमार्फत सेवाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ। एनएलएले आगामी दिनमा पनि पुस्तकालय क्षेत्रलाई प्रविधिमैत्री र आधुनिक बनाउने उद्देश्यसहित यस्ता तालिम कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

अनलाइन माध्यमबाट सञ्चालन गरिएको उक्त तालिममा देशभरका विभिन्न पुस्तकालयमा आबद्ध ३५ जना पुस्तकालयकर्मी प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here