कोशी प्रदेशको संखुवासभा प्रतिनिधि सभा निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट राजकुमार लघुले उम्मेदवार दर्ता गर्नु गर्नु भएको छ |उम्मेदवारी दर्ता कार्यक्रममा नेमकिपाका केन्द्रिय सदश्य एवं कोशी प्रदेश संयोजक का.उकेश कवांले नेमकिपाको उम्मेदवारी जनताको निस्वार्थ सेवाको लागि हो भन्दै भ्रष्टाचारि र बिदेशी दलाललाई नंङग्याउन देशभर नेमकिपाले उम्मेदवारी दिएको बताउनु भयो | उहाँले चुनाब पनि एक वर्ग सघर्श हो |नेमकिपा कामदार वर्गलाई शासक बर्गमा लान चाहन्छ ,यसको लागि सघर्श जारी छ भन्नू भयो |
कार्यक्रममा समानुपातिक उम्मेदवार डम्बर बहादुर राई र देव कुमार श्रेष्ठको पनि उपस्थिती रहयो | संखुवासभा प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार लघुको प्रस्तावकमा खाँदवारी नगरपालिका वडा नं. ४ का नोख बहादुर राई र समर्थकमा डम्बर बहादुर राई बस्नु भएको छ | कार्यक्रम प्रतिनिधिसभा सदश्य उम्मेदवार राजकुमार लघुले जनताको निस्वार्थ सेवाको लागि उम्मेदवारी दिएकोले मादल चिन्हमा मतदान गर्न अनुरोध गर्नुभयो |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















