सरस्वती माताको भजन ‘विद्याकी देवी सरस्वती माता’ सार्वजनिक

0
167

भक्तपुर, माघ ४ ।
बिनाता सांस्कृतिक कला प्रवर्द्धन केन्द्र भक्तपुर, नेपाल र एस. पी. जे. आर्ट एण्ड म्युजिकको संयुक्त प्रस्तुती रहेकोसरस्वती माताको स्तुतिमा आधारित भजन ‘विद्याकी देवी सरस्वती माता’ आइतबार भक्तपुरमा सार्वजनिक गरिएको छ।
भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा उक्त भजन सार्वजनिक गरिएको हो। कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छें विशेष अतिथिका रूपमा सहभागी थिए। वसन्त पञ्चमीलाई लक्षित गरी तयार गरिएको भजन युट्युब च्यानल एसपीजे आर्ट एण्ड म्युजिक मार्फत वर्ल्ड प्रिमियर गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले भजनको अडियो–भिडियोको प्रशंसा गर्दै संगीतले मन छुने अनुभूति दिएको बताइन्। उनले यस सिर्जनात्मक कार्यमा संलग्न सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरिन्।
भजनमा सानु मैयाँ धौभडेल र सुरज कपालीको स्वर रहेको छ। बद्री नारायण ताम्रकारको संगीत, कपिल कस्पालको शब्द र बुद्ध सायमीको एरेञ्ज रहेको गीतमा तबलामा गौतम श्रेष्ठले साथ दिएका छन्।
आशिष नापितको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा सजन् ख्याजु र कृजल न्हुच्छें प्रधानको छायांकन रहेको छ भने अलिशा गरु, कृशला मथ्या र सकिरा प्रजापतीको अभिनय देख्न सकिन्छ।

कार्यक्रममा विनाता सांस्कृतिक कला प्रबर्द्धन केन्द्रका महासचिव कृष्ण प्रसाद दुमरुले उपस्थित महानुभावहरुमा स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने भजन सार्वजनिकरण कार्यक्रम संगीतकार बद्री नारायण ताम्रकारको सभापतित्वमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here