चाँगुनारायणमा सुविधा सम्पन्न आँखा केन्द्र सञ्चालनका लागि सहमति

0
200


भक्तपुर, पुस १३ । तिलगंगा आँखा प्रतिष्ठान, ख्वप तिलगंगा आँखा अस्पताल र चाँगुनारायण नगरपालिका बीच चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटमा सुविधा सम्पन्न आँखा केन्द्र सञ्चालन गर्ने सम्बन्धमा सहमति पत्रमा हस्ताक्षर गरिएको छ।
ख्वप तिलगंगा आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालन हुने उक्त आँखा केन्द्रबाट स्थानीय बासिन्दालाई गुणस्तरीय तथा सहज आँखासम्बन्धी स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ। सहमति अनुसार केन्द्रमार्फत नियमित आँखा परीक्षण, उपचार तथा आवश्यक परामर्श सेवा उपलब्ध गराइनेछ।
सहमति पत्रमा तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारी र चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले हस्ताक्षर गर्नुभएको हो। कार्यक्रममा सहभागीहरूले उक्त सहकार्यले चाँगुनारायण क्षेत्रका नागरिकको आँखासम्बन्धी स्वास्थ्य सेवामा पहुँच बढ्ने विश्वास व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here