कमलबिनायकमा खाद्य पसल अनुगमन

0
385
कमलबिनायकमा खाद्य पसल अनुगमन


भक्तपुर, १३ पौष । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक क्षेत्रमा १० वटा खाद्य तथा अन्य पसलमा बजार अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा पेटी तथा पेटीमुनि सामान राखिएको पाइएकाले तत्काल हटाउन कडाइका साथ निर्देशन दिइएको संयोजक गोराले जानकारी दिनुभयो । अनुगमन टोलीले कमलबिनायक इलेक्ट्रोनिक्सलाई व्यवसाय नवीकरण तीन दिनभित्र गर्न निर्देशन दिएको छ ।
भिआईपी मःमः एण्ड फास्टफुडमा म्याद नाघेका मिरिण्डा २ वटा जफत गरी नष्ट गरिएको छ । साथै भान्छा तथा मःमः बनाउने स्थान सफा राख्न, मःमः बनाउने व्यक्तिले हेयरनेट, पञ्जा, मास्क र एप्रोन अनिवार्य प्रयोग गर्न निर्देशन दिइएको छ । प्याकेजिङ मःमः खाद्य अनुज्ञापत्र लिएर लेबल राखी मात्र बिक्री–वितरण गर्न, पेटीमा रहेको मःमः पकाउने भाँडो हटाउन र तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन समेत निर्देशन दिइएको छ ।
त्यस्तै, जे एण्ड जे स्टोरलाई पेटी तथा पेटीमुनि सामान नराख्न र हटाउन निर्देशन दिँदै तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन भनिएको छ । एस एण्ड एस स्टोर्सलाई पनि पेटी तथा पेटीमुनि सामान नराख्न निर्देशन दिइएको छ । उक्त स्टोर्समा प्याकेजिङ सामान खाद्य अनुज्ञापत्र लिएर लेबल राखी मात्र बिक्री गर्न निर्देशन दिइएको छ भने म्याद नाघेका जीरा ५ प्याकेट जफत गरी नष्ट गरिएको छ ।
अनुगमनमा अनुगमन समितिका सदस्य तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, कार्यपालिका सदस्य रोशन मैया सुवाल, वडा सदस्य ज्ञानबहादुर मानन्धर र रिता फसिकवा, भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका नायब निरीक्षक दिलिपकुमार सुवाल, वडानिरीक्षक रामकृष्ण प्रजापति, कर शाखाकी मोहनदेवी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका नवराज पोखरेल, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक तेजप्रसाद खतिवडा तथा राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापाको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here