वडा नर्स तथा विद्यालय नर्सहरुलाई आधारभूत आँखा स्वास्थ्य उपचार सम्बन्धी एक दिने तालिम सम्पन्न

0
71


भक्तपुर, पुस १३ ।
ख्वप तिलगंगा आँखा अस्पतालको आयोजनामा भक्तपुर नगरपालिकाका वडा नर्स तथा विद्यालय नर्सहरु एवं चाँगुनारायण नगरपालिका र सुर्यविनायक नगरपालिकाका विद्यालय नर्सहरुलाई आधारभूत आँखा स्वास्थ्य उपचार सम्बन्धी एक दिने तालिम आइताबार सम्पन्न भयो । विद्यालय उमेरका स–साना बालवालिकाहरुको आँखा परीक्षण गर्ने सीप सिकाउने उद्देश्यले संचालित उक्त तालिममा २९ जना नर्सहरुको सहभागिता रहेको थियो ।
सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुँदै भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष तथा ख्वप तिलगंगा आँखा अस्पताल व्यवस्थापन समितिका सदस्य रविन्द्र ज्याख्वले वालवालिकाहरुको स्वास्थ्य संवेदनशीलताबारे सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
स्वस्थ वालवालिका समुन्नत भविष्यका आधार भएको चर्चा गर्दै वालवालिका आफैंले रोगबारे बताउन नसक्ने र अभिभावकहरुमा स्वास्थ्य सचेतना कम हुने भएकोले विद्यालय तथा वडा नर्सहरुको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिका र तिलगंगा आँखा केन्द्रको संयुक्त सहकार्यमा ख्वप तिलगंगा आँखा अस्पताल संचालन भएको उल्लेख गर्दै अस्पतालमार्फत आर्थिक अवस्था कमजोर भएका जनतालाई समेत सहज उपचार सेवा प्रदान गरिरहेको बताउनुभयो ।
यसअघि तालिमको शुरुवातमा ख्वप अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेश प्रताप मल्लले अस्पतालको एउटै भवनबाट सबै प्रकारका रोगको सहज उपचार गराउने उद्देश्यले ख्वप अस्पताल र ख्वप तिलगंगा आँखा अस्पतालबीच सहकार्य भएको बताउनुभयो ।
ख्वप तिलगंगा आँखा अस्पतालका प्रमुख डा. सुदिप राजभण्डारी, व्यवस्थापक धिरज अधिकारी र चिकित्सक कृजन सुवालले आँखाको हेरचाह तथा आँखा सम्बन्धी लाग्ने विभिन्न रोगहरुको बारेमा अभिमुखीकरण गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here