भक्तपुर, भदौ ६ । भक्तपुरको नीलबाराही क्षेत्रका श्रमदाताहरूले बाजागाजासहितको सांस्कृतिक टोलि लिएर चाँगुनारायण नगरपालिकामा रु. ५० हजार जरिवाना बुझाएका छन्।
श्रमदानका क्रममा चाँगुनारायण नगरपालिका–१ का एक स्थानीयले माटो उपलब्ध गराएका थिए। उक्त माटो प्रयोग गर्ने क्रममा नगरपालिकाले प्रयोगमा रहेको डोजर नियन्त्रणमा लिएर जफत गरेको थियो।
नगरपालिकाले जरिवाना असुल नगरी डोजर फुकुवा नगर्ने अडान लिएको अवस्थामा स्थानीय श्रमदाताहरूले आपसमा रकम संकलन गरी जरिवाना बुझाएका हुन्।
बाजागाजासहितको उपस्थितिमा संकलित रकम नगरपालिका बुझाइएको श्रमदाताहरूले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















