Thursday, July 31, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home मध्यपुर थिमि नगरपालिका भक्तपुरमा स्टार्टअप उद्यमशीलता प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम

भक्तपुरमा स्टार्टअप उद्यमशीलता प्रवर्द्धन सम्बन्धी अभिमुखिकरण कार्यक्रम


भक्तपुर, श्रावण १४ ।
भक्तपुर घरेलु तथा साना उद्योग संघको समन्वय र चाणक्य कलेज अफ म्यानेज्मेटको व्यवस्थापनमा औद्योगिक व्यवशाय विकास प्रतिष्ठानको आयोजनामा चाणक्य कलेजको सभाहल मध्यपुर थिमिमा स्टार्टअफ उद्यमशीलता सहुलियतपुर्ण कर्जा सम्बन्धि अभिमुखिकरण कार्यक्रम उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतको प्रमुख आतिथ्यता तथा औद्योगिक व्यवशाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश प्रसाद गुप्ताको सभापतित्वमा सम्पन्न भयो ।
कार्यक्रममा औद्योगिक व्यवशाय विकास प्रतिष्ठान कार्यकारी निर्देशक उमेश प्रसाद गुप्ताले कार्यपत्र प्रस्तुत गर्नु भई प्रतिष्ठानले बार्षिक १५ करोड भन्दा कम कारोबार गर्ने उद्योगलाई मात्र उद्योग व्यवशायको प्रकृति हेरी सस्थाको निति नियम एव बाणिज्य बैकको परिधि भित्र रही ५ देखि बढीमा २५ लाख सम्म ३ प्रतिशत व्याजदरमा उद्योग स्थापना भएको बढीमा ७ बर्ष ननाघेकालाई मात्र ऋण प्रवाह गरिरहेको जानकारी गराउँदै हालसम्म संस्थाले गरेका गतिविधि तथा विविध विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सहभागी उद्यमी व्यवशायीले राखेको विविध प्रश्नबारे पनि जवाफ दिनुभएको थियो ।
त्यसैगरी अतिथि चन्दनकृष्ण श्रेष्ठले आफु यस प्रतिष्ठानको संचालक समिति सदस्य भएतापनि आफ्नै जिल्ला भक्तपुरका कममात्र उद्यमी व्यवशायीले सो सुविधाबारे जानकारी भएको कारण थप उद्यमी व्यवशायीहरुले यस सहुलियतपुर्ण कर्जाबारे जानकारी हासिल गरुन भन्ने उद्देश्यले यो कार्यक्रम गरेको जानकारी गराउनु भयो । साथै उहाँले विगतमा आफुले उद्योग संचालन गर्दाको अनुभव सुनाउनु भई जुनसुकै कार्य गर्दा निरन्तर रुपमा लागेमा अवश्य सफल हुने बताउनु भयो । साथै उहाँले कर्जा लिई उपयोग गरिरहेका उद्यमीहरुलाई समयमा कर्जाको किस्ता तिरी सस्थालाई सहयोग गर्नपनि अनुरोध गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य आपुर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले नेपाल सरकारले लघु घरेलु तथा साना उद्योग तथा उद्यमीलाई उत्थान गर्न विभिन्न क्षेत्रबाट सहुलियतपुर्ण कर्जा प्रवाह गरीरहेको शन्दर्भमा यस औद्योगिक व्यवशाय विकास प्रतिष्ठानलाई पनि सहुलियतपुर्ण कर्जा प्रवाहको लागि सरकारले सहकार्य गरेको जानकारी गराउनु भयो ।
कार्यक्रममा संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले स्वागत मन्तव्य राख्नुभई यो कर्जाको संघले सहकार्य गरिदिने जानकारी गराउँदै ऋणको प्रकृयाको लागि संघमा सम्पर्ण राख्न अनुरोध गर्दै नेपाल सरकारले वाणिज्य बैकहरुमार्फत प्रदान गरिरहेको महिला सहुलियतपुर्ण कर्जाको विगत १६ महिना देखि सरकारले व्याज बैकहरुलाई नदिन्दा बैकहरुले ऋणीहरुसँग नै सम्पुर्ण व्याज असुलि रहेको हुन्दा साना उद्यमी व्यवशायीहरु मारमा परिरहेको कारण तत्कार सम्बोन्धनका लागि पहल गरिदिन सचिव समक्ष अनुरोध गर्नुभयो ।त्यसैगरी महिला उद्यमी समितिका अध्यक्ष कमलश्वरी खर्बुजाले नेपालमा महिला उद्यमीको संख्या ज्यादै सीमित रहेको छ ।यसको साथै महिलाको नाममा कुनै स्थिस सम्पति नहुन्दा महिला उद्यमशीलतामा नकारात्मक प्रभाव पारेको छ तसर्थ महिलालाई लक्षित गरि सकेसम्म बढी ऋण प्रवाह गर्नु पर्ने धारणा राख्नुभयो ।कार्यक्रममा गो लोकलका संयोजक विरेन्द्र जतिले भक्तपुरका उत्पादनलाई आन्तरिक तथा बाह्य पर्यटनसँग जोडी संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले भक्तपुर घरेलु तथा साना उद्योग सघ र भक्तपुर पर्यटन विकास समिति मिलेर गो लोकल कार्यक्रम संचालन गरिरहेको जानकारी गराउनु भयो भने संघका सचिव श्रीजना कक्षपतिले उद्यमी व्यवशायीहरुलाई संघले पुर्याउँदै आईरहेको सेवा सुविधाबारे उपश्थित उद्यमी व्यवशायीलाई जानकारी गराउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments