कमलबिनायकमा बजार अनुगमन, अधिकांश पसल दर्ता विना संचालन

0
617

भक्तपुर, श्रावण १४ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायक पोखरी परिसरमा १२ वटा फास्टफुड, लज र रेष्टुराँ पसलहरुमा बजार अनुगमन भयो । अनुगमनमा अधिकांश पसल दर्ता विना संचालन गरेको संयोजक गोराले बताउनुभयो ।
अनुगमनमा एस के टि सपमा दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र दर्ता प्रमाणपत्र लिई नगरपालिकामा उपस्थित हुन र म्याद नाघेको सामानहरु पेप्सि ९, मिरिण्डा ४, स्लाइस १ र ड्यू १ जफत गरी नष्ट गरियो भने मुल्य सूचि राख्न र सरसफाई गर्न निर्देशन दियो ।
एल.एण्ड एस भिडियो गेम एण्ड ज्याकपट २०६९/०७० पछिदेखि नविकरण नगरेको र वडा नं ९ मा दर्ता गरी वडा नं १० मा संचालन भएकोले पसल नविकरण र ठाउ“सारी गर्न निर्देशन दिई चिया पसल समेत भएकोले चिया पसल पनि दर्ता गर्न निर्देशन दिई ज्याकपट थान १ जफत गरियो ।
स्वादिष्ट मःमःपसल २०७४ सालदेखि विना दर्ता संचालन गरेकोले तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन र मुल्य सूचि राख्न, सरसफाईमा ध्यान दिन निर्देशन दियो ।
चिनो फास्टफुड एण्ड लज र एप्पल फास्टफुड, शैलुङ च्याङबा, आइ हब क्याफे एण्ड रेष्ट्रो विना दर्ता संचालन भएकोले दर्ता गराएर मुल्य सूचि राख्न निर्देशन दियो ।
ए वान मःम एण्ड फास्टफुड पसल विना दर्ता संचालन भएकोमा घरवेटिले साधारण रेष्टुरा“मा दर्ता गरि २०७५/०७६ साल पछि नविकरण नगरी संचालन गरेको नविकरण गर्न र हट एण्ड कोल्ड कफि विना दर्ता संचालन भएकोले दर्ता गरी तीन दिन भित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
टाइम्स क्याफे र अरेन्ज फास्टफुड तीन दिन भित्र दर्ता गरी नगरपालिकामा उपस्थित हुन निर्देशन दियो ।
कुम कुम व्यटी पार्लर विना दर्ता विगत १५ बर्ष अगाडिदेखि संचालन गरिराखेकोले तीन दिन भित्र दर्ता गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन भियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका वडानिरिक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेबी व्यान्जू, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक चिरंजिवी नेउपाने, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मी प्रसाद कासुला, भक्तपुर उद्योग बाणिज्य संघका राजु त्वानाबासुको सहभागी थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here