भक्तपुर अस्पतालमा डायलासिस सेवा सुरु, मिर्गौला पीडितलाई नयाँ आशा

0
178


भक्तपुर, श्रावण १४ ।
बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर प्रादेशिक अस्पतालमा आजदेखि डायलासिस सेवा सुरु गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री माननीय किरण थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ५ शैयाको डायलासिस सेवा औपचारिक रुपमा शुभारम्भ गरिएको हो।
यस सेवाबाट विशेषगरी आर्थिक रूपले कमजोर मिर्गौला रोगीहरूलाई राहत पुग्ने विश्वास गरिएको छ। राजधानीसँग नजिकै रहेर पनि डायलासिसको सुविधाबाट वञ्चित रहेका भक्तपुरवासीका लागि यो सेवा जीवनदायिनी सावित हुने अपेक्षा गरिएको छ।
बागमती प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयले आगामी दिनहरूमा थप स्वास्थ्य सेवा विस्तार गर्दै जाने प्रतिवद्धता जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here