पेट्रोलको मूल्य घट्यो, डिजेल र मट्टीतेलको बढ्यो
काठमाडौं, श्रावण १६ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टीतेलको मूल्य बढाइएको हाे ।
निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टीतेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ । खाना पकाउने एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको निगमले जनाएकाे छ ।
मूल्य घटेसँगै काठमाडौ उपत्यकामा पेट्रोल १५९ रुपैयाँ, डिजेल तथा मट्टीतेलको मूल्य १५० रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















