अबदेखि शेयर कारोबार गर्दा राष्ट्रिय परिचयपत्र अनिवार्य

0
301

काठमाडौं, साउन १६ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले अबदेखि नयाँ कारोबार खाता खोल्दा KYC फर्ममा राष्ट्रिय परिचयपत्र नम्बर (NID No.) अनिवार्य रूपमा समावेश गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।

नेपाल धितोपत्र बोर्ड (SEBON) बाट प्राप्त निर्देशनअनुसार ग्राहक पहिचान (KYC) प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गराउने र सो विवरण विद्युतीय माध्यमबाट प्राप्त गर्न सकिने प्रणाली विकास गर्नुपर्ने भएकाले नेप्सेले यो निर्णय लिएको हो।

नेप्सेले जारी गरेको पत्र अनुसार, सम्पूर्ण कारोबार सदस्यहरूलाई नयाँ खाता खोल्दा नेपाली नागरिकहरूको हकमा अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर संकलन गर्नुपर्ने छ। साथै, TMS (Trading Management System) मार्फत कारोबार गरिरहेका सदस्य संस्थाहरूले पनि आफ्ना प्रणालीहरूमा सो व्यवस्था लागू गर्न आवश्यक प्राविधिक तयारी गर्नुपर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here