काठमाडौ, श्रावण १६ । कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।
कुनै व्यक्तिगत घटना दर्ताको प्रमाणपत्रमा उल्लिखत नाम, थर, उमेर वा अन्य विवरण बिग्रिएमा एक पटकका लागि सच्याउन पाइने भएको छ ।
सरकारले केही नेपाल ऐन संशोधनमार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
अब विवरण सच्याउनु परेमा सम्बन्धित व्यक्तिले एक पटक स्थानीय पञ्जिकाधिकारीको कार्यालय अर्थात वडा कार्यालयमा तोकिएको ढाँचामा निवेदन दिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















