भक्तपुर नगरपालिकामा युवा उद्यमशीलता ऋणले नयाँ व्यवसायीहरु उत्साहित

0
340

भक्तपुर, साउन १९ ।

भक्तपुर नगरपालिकाबाट गठित आर्थिक तथा लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाको नेतृत्वमा भक्तपुर नगरपालिकाबाट वितरण गरिएको युवा उद्यमशीलता प्रवद्र्धन ऋण प्राप्त व्यवसायीहरुले चलाएका व्यवसायहरुमा स्थलगत अनुगमन गरियो ।

समितिले ऋणीहरु मन्जु स्वंगमिखा टेलर्स, युनिक भैल सामान सप्लायर्स, राधिका माक विद्युतीय सामान मर्मत, सविता डंगोल दही व्यवसाय, विक्रम जति फर्निचर, सुमित्रा मुलगुठी फर्निचर र हरिकृष्ण चवाल कृषि तथा खाद्य व्यवसायको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ऋणीहरुले राम्रै व्यवसाय गरिरहेको बताउँदै समितिका संयोजक हरिप्रसाद बासुकलाले बताउनुभयो ।अनुगमनका क्रममा व्यवसायीहरुले भक्तपुर नगरपालिकाले प्रदान गर्दै आएको युवा उद्यमशील ऋणले नयाँ व्यवसायीहरुलाई व्यवसाय गर्न सहज भएको र यसको प्रचारप्रसार गरी व्यापक नगरबासीहरुलाई लाभान्वित बनाउन सुझाव दिनुको साथै ऋण रकम बढाउन सुझाव दिए ।

अनुगमनमा भक्तपुर नगरपालिकाका आर्थिक तथा लेखा समितिका संयोजक हरिप्रसाद बासुकला, सदस्य नारायणप्रसाद त्वानाबासु, सदस्य पुरुषोत्तम तमखू, सदस्य जितेन्द्र मुनंकर्मी र सदस्य सचिव रामसुन्दर सुजखुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here