अक्टोबर क्रान्ति बारे शिक्षक भेला

0
261

कार्तिक २, भक्तपुर । नेपाल क्रान्तिकारी शिक्षक संघ नगर समितिको आयोजनामा सोभियत संघ र महान अक्टोबर क्रान्ति विषयक छलफल कार्यक्रममा शुक्रबार शिक्षक भेला सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख भक्तपुर नगरपालिका वडा नं ५ का अध्यक्ष तथा नेमकिपाका केन्द्रीय सदस्य योगेन्द्रमान बिजुकछेले अमेरिकी स्वतन्त्रता संग्राम, फ्रान्सेली राज्य क्रान्ति तथा भारतीय स्वतन्त्रता भन्दा ठूलो महत्त्व बोकेको रुसी अक्टोबर क्रान्तिकाे बारेमा थप अध्ययन अनुसन्धान सहित समस्त मानव समुदायको हितको लागि प्रचारप्रसार गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो -” रुसी अक्टोबर क्रान्तिले राजनीतिक परिवर्तनसँगै सामाजिक विकास, साहित्यिक विकास तथा समाजवादी आन्दोलनको चरणबद्ध योजना निर्माण गरेको छ ।”
संसार हल्लाउने रुसी अक्टोबर क्रान्तिले राजनीतिक परिवर्तनसँगै कम्युनिस्ट मानवअधिकार, समाज विकास, राजनीतिक स्वतन्त्रता, आर्थिक विकास, नागरिक अधिकारको क्षेत्रमा विश्वव्यापी प्रादुर्भाव कायम राखेको बताउँदै अमेरिकी तथा पाश्चात्य मानवअधिकार समाज विकासको लागि बाधक भएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर जिल्ला समितिका अध्यक्ष गणेशराम थुसाले जनताको असन्तुष्टिबाट भएको विद्रोहको परिणाम परिवर्तन भएको व्यवस्थामा पूरानै संरचना र व्यवस्था कायम हुनु क्रान्ति नभएको बताउँदै देशविदेशको राजनीतिक घटनाक्रम नयाँ पुस्ता समक्ष अध्ययन अनुसन्धानबाट सही आंकलन सहित देशभक्तिको भावना जागृत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा नेपाल क्रान्तिकारी शिक्षक संघ भक्तपुर नगर समितिका अध्यक्ष विष्णुप्रसाद दुमरुले कम्युनिस्ट पार्टीभित्र फरक विचारको प्रवेशले समाजवादी क्रान्तिलाई रोक्ने बताउँदै फोहोरको डंगुरमा राख्नुपर्ने पार्टीहरूप्रति सजग रही विद्यार्थीहरूलाई देशभक्त बनाउन जोड दिनुभयो ।
नेक्राशिसंघ नगर समितिका सदस्य रत्नप्रसाद फैजूले अक्टोबर क्रान्तिमा लेनिनको बोल्सेभिक क्रान्ति, फ्रान्सको कम्युन, रुस र टर्कीको लडाइ र त्यसले भूदासहरुमा पारेको प्रभाव, रूसको पराजय भएको आइतबारे हत्याकाण्ड तथा फ्रेबुअरी काण्ड बारे प्रस्तुति दिएका थिए ।
सोही कार्यक्रममा नेक्राशिसंघ भक्तपुर नगर समितिका सदस्य विश्वराम प्रजापतिले समेत बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here