मदरल्याण्ड डान्स आइकन–२०८२ (सिजन १) आयोजना हुँदै

0
175
मदरल्याण्ड डान्स आइकन–२०८२ (सिजन १) आयोजना हुँदै

भक्तपुर, पुस ४। मदरल्याण्ड इङ्ग्लिस बोर्डिङ स्कुलको आयोजनामा ‘मदरल्याण्ड डान्स आइकन–२०८२ (सिजन १)’ नृत्य प्रतियोगिता आयोजना हुने भएको छ। बालबालिकाको प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको विद्यालयले जनाएको छ।

प्रतियोगिताअन्तर्गत दुई विधा समावेश गरिएका छन्। जुनियर समूहमा ६ देखि ९ वर्ष उमेर समूहका सहभागी रहनेछन् भने सिनियर समूहमा १० देखि १३ वर्ष उमेर समूहका बालबालिकाले प्रतिस्पर्धा गर्नेछन्। आयोजकका अनुसार हाल प्रतियोगिताका लागि दर्ता खुला गरिएको छ।

बालबालिकामा नृत्यप्रतिको रुचि, आत्मविश्वास र सिर्जनात्मकता विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको विद्यालयको भनाइ छ। प्रतियोगितामार्फत उदीयमान कलाकारलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गरिने बताइएको छ ।

उक्त कार्यक्रम सूर्यविनायक–०९, भाटेढिकुर, भक्तपुरमा आयोजना हुने जनाइएको छ। कार्यक्रमको मिति र थप विवरण छिट्टै सार्वजनिक गरिने आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here