खपिंछें टोलमा ढोलक तथा बाँसुरी बाजा प्रशिक्षण सम्पन्न

0
95


ललितपुर, पुस २४ । पाटन नगरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाले समृद्ध खपिंछें टोलमा आयोजना गरिएको ढोलक तथा बाँसुरी बाजा प्रशिक्षण कार्यक्रमको समापन बिहीबार सम्पन्न भएको छ। करिब ६ महिनासम्म सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रम टोलको मौलिक सांस्कृतिक पहिचान संरक्षण गर्दै नयाँ पुस्तामा परम्परागत बाजा तथा संगीतको ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूले ढोलक र बाँसुरी वादनका विभिन्न विधि सिक्दै अभ्यास गरेका थिए। समापन समारोहमा प्रशिक्षार्थीहरूको प्रस्तुति समेत प्रस्तुत गरिएको थियो। आयोजकका अनुसार यस्ता कार्यक्रमले स्थानीय संस्कृतिको संरक्षण र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
स्थानीयवासीहरूले परम्परागत सांगीतिक बाजाको संरक्षणका लागि यस्ता प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here