अमेरिकी हस्तक्षेपविरुद्ध नेमकिपाको विरोध र्‍याली तथा सभा हुने

0
85


काठमाडौं, पुस २४ । समाजवादी मुलुक भेनेजुएलामाथि साम्राज्यवादी अमेरिका द्वारा गरिएको आक्रमण र हस्तक्षेपको विरोधमा नेपाल मजदुर किसान पार्टीको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त आयोजनामा विरोध र्याली तथा सभा आयोजना हुने भएको छ ।
आयोजक संस्थाहरूले पुस २५ गते शुक्रबार दिउँसो १ः०० बजे काठमाडौंको शान्तिबाटिका, रत्नपार्कमा उक्त विरोध कार्यक्रम आयोजना गरिने जानकारी दिएका छन् । कार्यक्रममार्फत अमेरिकी साम्राज्यवादद्वारा स्वतन्त्र मुलुकमाथि गरिएको हस्तक्षेपको विरोध गर्दै भेनेजुएलाका जनताप्रति ऐक्यबद्धता व्यक्त गरिने जनाइएको छ ।
नेपाल मजदुर किसान पार्टीका भातृ संगठनहरूले न्यायप्रेमी जनतासहित सम्पूर्ण कमरेडहरूलाई उक्त विरोध र्याली तथा सभामा सक्रिय सहभागिताका लागि हार्दिक अपिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here