२०५६ सालदेखि निरन्तर शिशुस्याहार सेवा प्रदान गर्दै भक्तपुर नगरपालिका, वडा नं. १० मा नयाँ शिशुस्याहार केन्द्र सञ्चालन गर्ने तयारी

0
160

भक्तपुर, माघ ८ ।

भक्तपुर नगरपालिकाबाट सञ्चालित ६ वटा शिशुस्याहार तथा बाल विकास केन्द्रका अभिभावकहरुको भेला आज भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिका देशको भविष्य भएकोले भोलिको व्यवस्थित समाज निर्माण गर्ने सिलसिलास्वरुप नपाले व्यवस्थित रुपमा शिशुस्याहार केन्द्रहरु सञ्चालन गर्दै आएको बताउनुभयो । समाजवादी देशहरुमा शिशुस्याहार केन्द्रहरु ‘केटाकेटीको दरबार’ को रुपमा सञ्चालन हुने बताउँदै उहाँले भन्नुभयो, हाम्रा शिशुस्याहार केन्द्रबाट पनि बालबालिकालाई शारीरिक र मानसिक विकासमा उत्कृष्ट सेवा प्रदान गर्दै आएको बताउनुभयो ।

शिशुस्याहार केन्द्रका शिक्षिका तथा आया दिदीहरुलाई तालिमप्राप्त गर्ने काम पनि गर्दै आएको बताउँदै उहाँले वडा नं. १० मा नयाँ शिशुस्याहार केन्द्र सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो ।

महिलाहरुको श्रमशक्तिको अधिकत्तम उपयोगको लागि पनि शिशुस्याहार सञ्चालनले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले महिलाहरुको लागि रोजगारी सिर्जना गर्न शिशुस्याहार केन्द्र उपयुक्त माध्यम हो भननुभयो ।

उपप्रमुख रजनी जोशीले भक्तपुर नपाले शिशुस्याहार केन्द्रहरुलाई उत्कृष्ट ढंगले सञ्चालन गर्ने नीतिमा अगाडि बढिरहेको बताउँदै अभिभावकहरुको सुझावअनुसार परिमार्जन गर्दै शिशुस्याहार केन्द्र अगाडि बढ्नेछ भन्नुभयो ।

उहाँले शिशुस्याहार केन्द्रहरुले शिशुहरुलाई असल संस्कार दिनुका साथै बालबालिकाको सर्वाङ्गीण विकासमा पनि जोड दिँदै आएको बताउनुभयो ।

कार्यपालिका सदस्य रोशनमैंया सुवालले बालबालिकाको मनोविज्ञान र पोषणसँग सम्बन्धित विषय अभिभावकहरुलाई जानकारी गराउने उद्देश्यले भक्तपुर नपाले अभिभावक भेला आयोजना गरेको बताउँदै भक्तपुर नपाले नेमकिपाको घोषणापत्रको आधारमा २०५६ सालदेखि शिशुस्याहार केन्द्र सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा बाल मनोविज्ञ पिताम्बर आचार्य र पोषणविद् सुजना बासुकलाले बालबालिकाहरुको मानसिक स्वास्थ्य र बालबालिकालाई खुवाउने खानेकुराको पोषणबारे मार्गनिर्देश गर्नुभयो ।

भनपा १ वडाको शिशुस्याहार केन्द्रका इन्चार्ज नजरमैया बाटीले शिशुस्याहार केन्द्रको वार्षिक गतिविधि

शिशुस्याहार तथा बाल विकास केन्द्रका शाखा प्रमुख दिपेन्द्र प्रजापतिले २०५६ सालदेखि सञ्चालित यस केन्द्रमा २०८१ साल सम्ममा ५ हजार ३३७ जना बालबालिकाले अध्ययन गरिरहेको र हाल दुधपाटीस्थित शिुस्याहार केन्द्रमा ४९ जना, मंगलतीर्थस्थित शिशुस्याहार केन्द्रमा ३२ जना, गोल्मढीस्थित शिशुस्याहार केन्द्रम ४४ जना, खँचास्थित शिशुस्याहार केन्द्रमा ४४ जना, लिबालीमा ४४ जना र भोलाछेँको शिशुस्याहार केन्द्रमा ४२ जना गरी २२५ जना विद्यार्थी रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here