उदय साकोसको ३० औं अर्धवार्षिक समीक्षा ग‍ोष्ठी

0
136

माघ १०, भक्तपुर । उदय बचत तथा ऋण सहकारी संस्थाले शनिबार ३०आैं अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष तथा गोष्ठीका सभापति न्हुछे बहादुर प्रजापतिले उपसमितिका सदस्यहरूको छलफल तथा सहकार्यको सकृयताले हरेक कार्यक्रम सफल हुने बताउँदै समयसमयमा सहकारी शिक्षा संचालन गरि जोखिम ऋणप्रति सचेत भई वित्तीय सुशासन सहित प्रविधि मैत्री रूपमा अघि बढ्नुपर्ने बताउनुभयो । 

संस्थाका सचिव दिलप्रसाद प्रजापतिले सहकारी नियमण प्राधिकरणले ल्याएको नयाँ अनलाइन दर्ता प्रक्रियामा संस्था लागेको र स्वास्थ्य कार्यक्रम तथा निकट भविष्यमा हाउस वायरिङ तालिम सञ्चालन हुने बताउँदै अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो दिनुभयो । 

संस्थाका कोषाध्यक्ष शिवराम बोहजूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा भएको आर्थिक मन्दीको अवस्थामा देशको आर्थिक  तरलता बढे तापनि संस्थाको आर्थिक प्रतिवेदनमा सबल रहेको बताउँदै सदस्यलाई लाभान्वित गर्न कार्यान्वयन भइरहेको विभिन्न बचत नीतिहरु व्यवसाय प्रवर्द्धन तथा बचत उपसमितिले सिफारिस गरेको बताउनुभयो ।

लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद प्रजापतिले वार्षिक कार्ययोजना अनुरुप काममा सदस्यहरूको बचतलाई सुरक्षित बनाउन ऋणीको चरित्र तथा त्यसको लगानीको जोखिम र विना धितो ऋणप्रति संस्थाले अध्ययन गर्न जोड दिनुभयो । संस्थाको कूल सम्पत्ति ५० करोड ८७ लाख ५९ हजार नाै सय एकचालिस रूपैयाँ तथा जगेडा कोषमा रू. ५ करोड ६९ लाख ४७ हजार छ सय १० रूपैयाँ सार्वजनिक गरेको उक्त कार्यक्रममा सञ्चालक सदस्यद्वय बाबुबाजी प्रजापति र कृष्णराम प्रजापति, व्यवसाय प्रवर्द्धन तथा बचत उपसमितिका सदस्य सत्यराम कासिछ्वा तथा संस्थाका व्यवस्थापक पुण्यराम गोसाईलगायतले बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here