जातको बीऊ

0
59


रामकृष्ण प्रजापति

जातको बीउ छर्दै गयो,
जातीय झिल्कोले डढेलो लाग्दैछ ।
जातीय नाराले राप र ताप दियो,
प्रकास र वर्गिय मित्रता दिएन ।

सुन्य रातमा भुक्ने कुकुर भै
एकसरो भुकिरह्यो ।
मालिकको दुनो सोझ्याउन
निरन्तर जातीय नारा धन्काई रहयो ।

जातीय नारा धन्काएर यहाँ
लेन्दुप दोर्जेको उपाधि खोज्दैछ ।
जात, क्षेत्र र आत्मनिर्णयको अधिकारले
देश टुक्याउँदै बैमनष्यता बढाउँदै छ ।

शासक दलका नेताहरु छेपारो बन्दै,
बाँदरले जस्तै घर भत्काउँदै छ ।
बाघको छालामा स्यालहरु रजाँई गर्दै,
धुवाँको पर्दा भित्र नाटक मञ्चन गर्दैछ ।

यी कुकुर, छेपारो, बाँदर र स्यालहरुलाई
लेन्दुप दोर्जेको उपाधि होइन ।
बानेश्वर चोकमा झुण्ड्याउँदै,
संघीयता भौगोलिक आधारमा बनाउनु पर्छ ।

भाई फुटे गवार लुटे ।
त्यसैले,
जात जाति बीच बैमनष्यता होइन,
मित्रता र सद्भाव बढाउ ।
सबैलाई रातो किताब पढाउँदै,
वर्ग संघर्षलाई अगाडि बढाउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here