भ.न.पा. वडा २ मा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर प्रशिक्षण शिविर

0
171


भक्तपुर, पुस १५। भक्तपुर नगरपालिका वडा नं. २ को आयोजनामास्थानीय वडाका महिलाहरूको पाठेघरको मुखको क्यान्सर (VIA ) तथा स्तन क्यान्सरसम्बन्धी शिविर मङ्गलबार भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले रोगको समयमै पहिचान गर्न भ.न.पा.ले वडा वडामा निरन्तर स्वास्थ्य शिविरसञ्चालन गर्दै आइरहेको चर्चा गर्नुभयो ।
अहिले खानपिन, जीवनशैलीमा आएको परिवर्तनले नसर्ने रोग बढी फैलिरहेको विचार व्यक्त गर्दै उहाँले समयमै उपचार भएमा निको पार्न सकिने हुँदा शिविरमा सहभागी भई परीक्षण गराउन जोड दिनुभयो ।
पुँजीवादी व्यवस्थामा सरकारमा रहेका शासकहरूले आफ्नो स्वार्थको लागि काम गर्ने तर समाजवादी व्यवस्थामा शिक्षा, स्वास्थ्यलगायतका सम्पूर्ण बन्दोबस्त नि: शुल्क हुने भएकोले नेपाल मजदुर किसान पार्टीले समाजवादी व्यवस्थाबारे बहुमत जनतालाई सचेत र जनतालाई सचेत र सङ्गठित गर्ने कार्य गरिरहेको चर्चा गर्नुभयो ।
उहाँले युवा पुस्ता शिक्षित सँगसँगै आफ्नो पहिचान जोगाउन, कला, संस्कृति संरक्षण र संवर्द्धन गर्न सामाजिक दायित्व निभाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय समाजसेवी गणेशप्रसाद सुवालले जनताको स्वास्थ्यलाई प्राथमिकता राख्दै घरदैलो नर्सिङ सेवा सञ्चालनका साथै शिविरहरू सञ्चालन गर्नु सकारात्मक भएको चर्चा गर्दै महिलाहरूले पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे जानकार हुन सङ्घर्षमा योगदान पुऱ्या एका व्यक्तिहरूको सङ्घर्षबारे अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नर्स रचना सुवालले शरीरमा अनावश्यक रूपमा मासु पलाउनु क्यान्सर हुनु हो; नङ र कपालबाहेक शरीरका कुनै पनि अङ्गमा क्यान्सर हुनसक्ने भएकोले समयमै रोगको पहिचान गर्न शिविरमा सहभागी हुन आवश्यक रहेको चर्चा गर्नुभयो ।
वडा अध्यक्ष हरिप्रसाद बासुकलाले वडामा भइरहेको विकास निर्माणका कार्यहरूबारे चर्चा गर्नुभयो । कार्यक्रममा बासु मा. वि.का प्रअ रविलाल प्रधान, वडा सदस्यद्वय श्यामसुन्दर मातां र मन्जु लाखाजुले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here