हनुमानघाट परिसरमा सरसफाइ कार्यक्रम

0
129

भक्तपुर, पुस १५ । भक्तपुर नगरपालिकाको पाक्षिक सरसफाइ कार्यक्रमअन्तर्गत हनुमानघाट परिसरमा सरसफाइ कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले हनुमानघाट पवित्र धार्मिक तीर्थस्थल भएकोले यहाँका मठमन्दिर, घात, देवालय, सम्पदाहरूको संरक्षण र संवद्र्धन भक्तपुर नपाले गरिरहेको र सार्वजनिक सम्पत्ति संरक्षण गरी वातावरण सुधार र विभिन्न विकासका कार्यहरू गर्दै आएको बताउनुभयो ।
खोलामा नियमितरूपमा माटो झिकी नगरवासीहरूको सहयोगमा सरसफाइ गरिरहेको उल्लेख गर्दै उहाँले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
वडा सदस्य हेरा ख्याजुले भक्तपुर नगरलाई अझ सफा र सुन्दर नगर बनाउन सरसफाइमा विशेष प्राथमिकतामा राखी प्रत्येक घर–घरको कुहिने र नकुहिने फोहर सङ्कलन गरी नपा आफैले कम्पोस्ट मल बनाई फोहरलाई व्यवस्थापन गरिरहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here