अर्जुन कोन्दा
बिहान ६ बजिसक्दा पनि एकनारायणलाई अझै निन्द्राले छोड्नै मानेको थिएन । एक्कासी उनको फोनमा घण्टी बज्यो। “हेल्लो, आज छोराको जन्म दिन छ, परिवारै आउनुस् है ।”
हाराँचा काकाले फेरि थप्नुभयो, लिबाकः च्वने मतय् ,भोछिं भ्वय् झासं ।
छिमेकी काका हाराँचाले छोराको जन्म दिनमा भोजको निम्तो दिएपछि आउँदिनँ भन्न पनि मिलेन। नाइँ, सक्दिनँ वा आउँदिन भन्नु काकाको अपमान हुने देखेर एकनारायणले निमन्त्रणालाई सहजै स्विकार गरे,
“हुन्छ, हामी आइहाल्छौँ नि । बरु कति बजे आउँदा होला<” यति भनिसक्दा उताबाट फोनको लाइन काटियो।
एकक्षण पछि एक नारायणले मनमनै गमेँ, होइन, आजभोलि भोज पनि कति हो कति<सामान्य जन्म दिनमा पनि भोज बोलाउँछन्, अझ चुल्है निम्तो । भोज खुवाउनेलाई भन्दा खानेलाई सकस ।फेरि भोजमा नगई पनि भएन । नत्र आफूलाई पर्दा कोही आउदैनन् । एकनारायण आफूभित्रै भुलिरहे ।
भान्साबाट श्रीमतीले ठूलो स्वरमा भनिन्, कसको फोन हो<
एकनारायणले भने, हाराँचाको । छोराको जन्मदिनमा भोज बोलाएका छन् ।
केहिबेरमा भान्साबाट एकनारायणकी बुढी इन्द्रमाया तल झरिन् र आफ्नो लोग्नेको हातमा चियाको कप थमाइन् ।
आ==== जानुपर्दैन =====कहिँपनि=====। जन्मदिनमा पनि चुल्है जान्छन् कोहि इन्द्रमायाले झर्कदै भनिन् ।
नगएर हुन्छ र< आपत पर्दा तिनै काका चाहिन्छ । नगए रिसाउँछन् । बरु म अफिसबाट फर्कदा सानो उपहार किनेर आउँला नि हुन्न<एकनारायणको कुरा सक्न नपाउँदै इन्द्रमाया कराइन्, आ===जाने भए आफै जानू । म त आउँदिनँ । अनि छोरो अजयलाइ लैजानु पनि पर्दैन।
बुढीको गनगनले एकनारायणलाई एकदम रिस उठ्यो । तापनि आवेशलाई नियन्त्रणमा राखी भने, छिमेकीलाई रिसाउन दिन हुन्न, जानुपर्छ ।
खाना खाईसकेर एकनारायण आफ्नो अफिस लागे । अफिस नपुग्दै फेरि काकाको फोन बज्यो,
नआई हुन्न है । हामी तपाईलाई कुरेर बस्छौँ ।
यो नैतिक दबाबले एकनारायणलाई पर्नु पीर प¥यो । अफिसमा खासै काम पनि थिएन । उनी झोक्राएर बसिरहे । उनलाई बुढी रिसाउनुको कारण थाहा नभएको होइन । थाहा भएरै पनि के गर्ने? आफूले गर्न सक्ने केहि होइन ।
अफिसको कुर्सीमा बसिरहँदा पनि आरामको अनुभुति चैँ पटक्कै भएन ।
एक महिना अघिको भोज उनको आँखामा झलझलि नाच्न थाल्यो । उनी परिवारसहित आफन्तको ब्रतबन्ध भोजमा सरिक भएका थिए । सबै कुरा राम्रै थियो । टोल समाजका सबै गण्यमान्य व्यक्तित्वहरु तथा आफन्तहरु भोजमा सरिक थिए । कोहि संगीतको तालमा भनूँ या रक्सीको सुरमा झुमिरहेका थिए ।
अजय बुबा र आमाको बीचमा बसेर भोज खाइरहेका थिए । एक्कासी अजयले आफ्नो अगाडि रहेको पातको प्लेटलाई आफूतिर ताने । भोजमा सरिक सबैजनाको आँखा अजयतिर सोझियो । अजयलाई यो कुराको हेक्का नै भएन । उनमा रहेको रोगले हेक्का राख्न पनि दिएन । उनी आफ्नै सुरमा खाँदै थिए ।सुकुल भोज भएकाले खानेकुरा थप्न केहि मान्छेहरु अगाडि आए । अजयले मासुको भाँडो चिनिहाले । आफूतिर आउँदै गरेको मासुको भाँडो र पनिउँ बेस्सरी समाएर तानिहाले । मासु राख्न आउन मान्छे तर्सिदा झन्दै मासुको थाल भुइमै घोप्टियो । चिउरा थप्न आउने हाकु पटासी लगाएकी महिला ट्वाल्ल परे ।
सबैजना एकनारायणलाई हेरेर आफू आफू कानेखुशी गर्न थाले,
कस्तो हरामी बच्चा, सुस्त मनस्थितिजस्ता ।
एकनारायणलाई लाज र रिस एकैचोटि उठ्यो । छोराको गालामा एक चड्कन दिए । अजय क्वाँ क्वाँ रुन थाले । झन् अब अजय सबैको तारो बन्यो ।
एकनारायण र इन्द्रमायाको अनुहार रातो न पीरो भइसकेको थियो । यतिकैमा अर्को परिकार आइपुग्यो, पंक्वा अर्थात पाउँको झोल । पाचनको लागि राम्रो भएकाले सबैजना सलिचामा थपी थपी खाइरहेका थिए र भन्दै थिए, भटिचा जक । वयस्कहरु सानो सलिचामा फिजयुक्त नेवारी ऐला खाँदै थिए । अनि रंगिन पोशाकमा महिलाहरु अन्टी अर्थात रक्सीको भाँडोबाट सलिचामा रक्सी खनाइरहेका थिए ।
इन्द्रमायालाई पनि पंक्वा खान मन लागेको थियो । तर अजयको व्यवहारले केहि भन्न सकेनन् । उता एकनारायणको सलिचाले उनलाई गिज्याइरहेको थियो । लाजसरमले खानै सकेनन् । भोजको समाप्तिमा दहि र सलाद आउन बाँकी नै थियो । एकनारायण जुरुक्क उठे र छोरोलाई तानेर भोजघरबाट बाहिर निस्के ।अजय आउनै मानेका थिएनन् । उनलाई पेट भरेकै थिएन । तर लाजले एकनारायण अघाइसकेका थिए । नभन्दै इन्द्रमाया पनि सँगै बाहिर निस्किन् ।
भोजमा अनेक परिकार थियो । ती सबै स्वादिस्ट नै थिए । तापनि एकनारायणलाई भोज खल्लो लाग्यो । त्यसपछि एकनारायणले कहिल्यै भोज नजाने वाचा ग¥यो । त्यो दिन रातीसम्म आफन्तको फोन आइनै रह्यो। रिसाएर फर्केकोमा आफन्तहरु फोनमा कराइरहेका थिए । तर त्यो फोनले एकनारायणलाई तनाबबाहेक केहिपनि दिएन ।
अजयको लागि बरु घर नै स्वर्ग थियो । कमसेकम आमाबाबुको मायामा रमाउने त गथ्र्यो । तर बाहिरी दुनियाँ उसको लागि जेलभन्दा कम थिएन । जहाँ जाँदा पनि उसको हात समातिएकै हुन्थे । अटिजम र छारेरोगको सम्मीश्रणले अजयको जीवन भताभुङ्ग नै भएको थियो । ऊ शब्दहरु दोहो¥याएर भन्थे, कहिलेकाँही एकै प्रकृति वाक्यहरु बोल्ने गर्दथे । एउटै खेलौनामा झुमिन्थे । अनि कहिलेकाँही गोलो गोलो घुमिरहन्थे ।
अजयको उमेर सात वर्ष पुगेर पनि दुई तीन वर्षको बालक जस्तै थियो । जीउ मात्र बाँसजस्तै हलक्क बढेको थियो । तर सोच्ने तौरतरिका र व्यवहार बच्चाको जस्तै थियो । भीडमा ऊ आँटिन्थ्यो, झन् असामान्य व्यवहार देखाउँथ्यो । उसको असामान्य व्यवहारलाई देखेर अन्य बच्चाहरु ऊसँग खेल्नै मान्दैनथे । अरु त के कुरा < उसलाई राम्रोसँग चिन्नेले पनि हेय दृष्टिले हेर्थे । मानौँ उनी अर्कै ग्रहबाट आएजस्तै व्यवहार देखाउँथे । अजयलाई यसबारे केही थाहा थिएन । ऊ त केवल अन्जान थियो । तर एकनारायणलाई असह्य पिडा हुन्थ्यो ।
रोएर मिल्ने भए त उनी रोएरै आँसुको तलाउ बनाउँथे होलान् । तर तिनको हातमा नियति भन्दा बाहेक केही थिएन । औषधीले बिसेक गर्ने प्रयास नगरेका होइनन्, तर असफल भए । थेरापीले प्रगति हुने आशा बाँकी थियो । एकनारायण त्यही त गर्दै थियो ।
अफिसबाट फर्कदा एकनारायाणले चार सय पर्ने एउटा भलिबल किनेर ल्याए । तर भोज जाने हिम्मत भने आउँदै आएन ।
हाराँचाको फोन र मेसेजले सताइरहे—“के भयो <हामी कुरिरहेका छौँ ”
एकनारायणले मनमनै भने,
म पनि त आउन चाहन्छु नि —हाँस्न, रमाइलो गर्न, पुराना साथीहरू भेट्न कसलाई मन हुँदैन < तर मेरो घरको वातावरण कसले बुझ्ने।
घरमा अजय खेलिरहेका थिए । बाबालाई देख्ने बितिकै ताँसिन आइहाले । झन् भकुण्डो देखेपछि त खोसेर लिइहाले ।
अजय खेल्दा खेल्दा आफैमा हराए ।
एकनारायणले पनि हल्का मुस्कान दिए, तर मनभित्र चसक्क भइरहेको थियो ।छोराको डर, अस्थिरता, र आफ्नो जिम्मेवारी उनलाई एउटै समयमा महसूस भयो।
साँझ ६ बजे, हाराँचाको फोन आयो ।
“के भयो? सबै त आइसके।”
एकनारायणले नम्र स्वरमा जवाफ दिए, “अजयलाई आज सञ्चो छैन।”
हाराँचालाई एकनारायणको बहाना राम्रोसँग थाहा थियो । रिसाएर फोन राखिदिए ।
उता अजय भकुन्दोमा कलमले घोचिरहेका थिए । भकुन्डो बाक्लो थियो र हावा फुस्केन, नत्र अघि नै फुटिसक्थ्यो । तर एकनारायणको आत्मसम्मानको भकुण्डो नजानिदो तरिकाले फुस्किरहेको थियो ।
त्यही बेलामा अचानक अजयलाई स्टा्रेक भयो। उनका हातहरु बाँउडिए । खुटाहरु पनि कक्रक्क भए । परेलाहरु माथि फर्के । एकनारायणले अजयलाई देब्रेपट्टिबाट बिस्तारै भुइँमा पल्टाए । करिब दश सेकेण्डपछि अजयमा चेतना खुल्यो। उनी फेरि समान्य भए र टेबुलको मोबाइल लिन दौडिए ।
एकनारायणले छोरालाई काखमा ताने र टाउकोमा हातले सुम्साए । अजयले पनि बुबाको हात बेस्सरी अँठ्याए । अनि बिस्तारै भने, “आलुचिप खाने ।”
छोराको आकस्मिक अनुरोध सुनेर एकनारायणले मुस्कुराउँदै भने, “हुन्छ नि । म ल्याइदिउँला ।”
बुबाको आश्वासन पाएर अजय खुशीले बुरुक्क उफे्र।
त्यतिकैमा इन्द्रमाया छेउमा बस्न आइन् र सोधिन्, “हाराँचाको घरमा जाने होइन<”
एकनारायणले हाँस्दै भने, “भो अब म जान्नँ ।”
उनले मुस्कान दिने प्रयास त गरे, तर मनभित्र कसिलो चोट बाँकी नै थियो । एकनारायणले बल्ल बुझे—अजयको भय, घरको शान्ति र बुबाको जिम्मेवारी।
इन्द्रमायाले भने—“समाजमा नपर्नु राम्रो होइन।”
एकनारायण चुपचाप बसे, अजयको हात समात्दै। त्यो हात उनको लागि सबैभन्दा ठूलो उत्तर थियो।
उनले धैर्यपूर्वक भनें, “ऊ अटिज्म छ, उसको अनुभव हाम्रो भन्दा फरक छ। हामीले बुझ्नुपर्छ । अजयको मुस्कान, उसको शान्त निद्रा, हाम्रो लागि त्यो भोजभन्दा ठूलो पुरस्कार थियो।”
एकनारायण भोज खान गएनन्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















