भक्तपुर, चाँगुनारायण — चाँगुनारायण नगरपालिकाका बासिन्दाका लागि खुशीको खबर आएको छ। दुवाकोटमा अवस्थित काठमाडौँ मेडिकल कलेज (KMC) ले अब नगरवासीलाई उपचार सेवामा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने भएको छ।
आज आयोजित एक कार्यक्रममा अस्पताल प्रशासन र नगर प्रमुख जीवन खत्रीबीच यससम्बन्धी सहमति भएको हो।
सहमति अनुसार, अस्पतालले विपन्न वर्गका १०० जना बिरामीलाई पूर्ण रूपमा निःशुल्क उपचार उपलब्ध गराउनेछ। त्यस्तै, सम्बन्धित वडाअध्यक्षको सिफारिसमा थप ५० जनासम्मलाई ५० प्रतिशतसम्म छुटमा उपचार सेवा प्रदान गरिनेछ।
यस सहकार्यले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच मिल्ने र उपचार खर्चमा समेत राहत पुग्ने अपेक्षा गरिएको छ।
स्वास्थ्य क्षेत्रमा गरिएको यस्तो सहकार्यले चाँगुनारायण नगरवासीका लागि महत्वपूर्ण राहतको रूपमा हेरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















