बिस्का जात्रा रुटमा तारहरू व्यवस्थापनबारे छलफल

0
183


भक्तपुर, चैत्र ९ ।
भक्तपुरको ऐतिहासिक एवम् प्रसिद्ध बिस्का जात्रा व्यवस्थित, मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायकबीच सोमबार छलफल कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको मौलिक नगर भएको बताउँदै भक्तपुरलाई सफा र सुन्दर नगरको रुपमा विकास गर्न नगरको मुख्य बजार क्षेत्रका पसलहरुमा छतहरुमा एकरुपता आउने गरी छत राख्ने कार्य भइरहेको बताउनुभयो ।
नगरका ठाउँ ठाउँमा छरपस्ट रहेका केबल नेटवर्कका तारहरु व्यवस्थित गर्नुपर्ने बताउँदै उहाँले तार व्यवस्थापनको लागि सम्बन्धित सबै सरोकारवालाहरुको संयुक्त प्रयास आवश्यक भएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नगर क्षेत्रभित्र तारहरु निकै अस्तव्यस्त भएको जनगुनासो रहेको बताउँदै अनावश्यक रुपमा राखिएका केबल नेटवर्कहरुलाई यथाशक्य हटाउन आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सहर सुन्दर बनाउन र अव्यवस्थित तारबाट हुनसक्ने सम्भावित दुर्घटना न्युनीकरणको लागि तारहरु व्यवस्थित गरिनुपर्ने बताउनुभयो ।
बैठकले नजिकिँदै गरेको बिस्का जात्रालगायतका जात्राहरुमा विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायकहरुका तारहरुमा क्षति पुग्ने विषयलाई न्यनीकरण गर्न अनावश्यक तारहरु हटाउने र व्यवस्थित गर्ने कार्यको लागि भक्तपुर नपा श्यानिटेशन शाखा प्रमुख दिलिप सुवालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरी कार्य अघि बढाउने निर्णय ग¥यो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण, नेपाल टेलिकम, केबुल नेटवर्क, इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here