भक्तपुर, २ फागुन । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा खेलप्रेमी तथा बक्सिङ खेलाडीहरूको भेला सम्पन्न भएको छ । कार्यक्रममा सुरेन्द्रराज गोसाईँ प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै गोसाईँले देश र जनताको निस्वार्थ सेवाका लागि जनतालाई सचेत र संगठित बनाउन खेलाडीहरूले पनि राजनीतिक सचेतनामा भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले चुनावलाई सामान्य खेलका रूपमा नलिन आग्रह गर्दै सचेत मतदाताको भूमिकामा उभिन अनुरोध गर्नुभयो ।
उहाँले एमसिसी, एसपिपि, नागरिकता विधेयकजस्ता विषयमा आफ्नो दलले निरन्तर विरोध गर्दै आएको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय राजनीतिको प्रभावले नेपालको अवस्थालाई निर्धारण गरिरहेको दाबी गर्दै विदेशी हस्तक्षेपको विरोध गर्नुपर्ने धारणा राख्नुभयो ।
गोसाईँले विभिन्न अन्तर्राष्ट्रिय घटनाक्रम, अमेरिकी नीतिहरू तथा इन्डोप्यासिफिक रणनीतिबारे टिप्पणी गर्दै नेपालमा विदेशी स्वार्थविरुद्ध उभिनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले चुनावी सन्दर्भमा मादल चिन्हमा मतदान गर्न आग्रह गर्दै प्रत्यक्ष र समानुपातिक दुवै तर्फ समर्थन गर्न अपिल गर्नुभयो ।
कार्यक्रम भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा विष्णुराम दुमरुले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















