भक्तपुर ।
भक्तपुरमा यू–१०/१३/१६ उमेर समूहका खेलाडीहरूलाई लक्षित गर्दै क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। CEC–भक्तपुरको आयोजनामा हुने उक्त प्रतियोगिता वैशाख ५, २०८३ देखि सिपाडोलस्थित क्लब ग्राउण्डमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य बालबालिका तथा किशोर खेलाडीहरूको क्रिकेट प्रतिभा विकास गर्नुका साथै भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा सहयोग पुर्याउनु रहेको छ। प्रतियोगितामा सहभागिता जनाउने टोलीका लागि रु. १० हजार प्रवेश शुल्क तोकिएको छ भने दर्ताको अन्तिम मिति चैत ३०, २०८२ सम्म राखिएको छ।
प्रतियोगितामा विजेताले रु. २० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. १० हजार नगद, ट्रफी र प्रमाणपत्र पाउनेछन्। साथै ‘प्लेयर अफ द म्याच’, ‘प्लेयर अफ द टुर्नामेन्ट’, उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उत्कृष्ट फिल्डरलाई विशेष पुरस्कार प्रदान गरिनेछ।
यू–१०/१३/१६ क्रिकेट प्रतियोगिता वैशाख ५ देखि सिपाडोलमा हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
1
+1
1
+1
1
+1


















