भुलांचा, गपली र सल्लाघारीमा ग्यास पसल अनुगमन, अधिकांश पसल बन्द

0
289

भक्तपुर, ६ चैत । भक्तपुर नगरपालिका अनुगमन समितिले भुलांचा, गपली र सल्लाघारी क्षेत्रका ग्यास पसलहरूमा अनुगमन गरेको छ। समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गरिएको अनुगमन क्रममा १९ वटा ग्यास पसल निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा अधिकांश पसलहरू बन्द अवस्थामा भेटिएको संयोजक गोराले जानकारी दिनुभयो।
अनुगमनका क्रममा तलेजु ट्रेडर्सअन्तर्गत हिमाल, गीता र श्रीमाया ग्यास बिक्री डिपोमा सम्बन्धित प्रोप्राइटर अनुपस्थित रहेकाले दर्ता प्रमाणपत्रसहित नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ। त्यसैगरी विष्णु चवालको ग्यास पसल (सागर ग्यास डिपो) मा पनि प्रोप्राइटर अनुपस्थित भेटिएकाले आवश्यक कागजातसहित उपस्थित हुन भनिएको छ।
बस्नेट ट्रेडर्सले डिपोबाट समयमा ग्यास आपूर्ति नभएको गुनासो गरेको छ। यस्तै एस.पि. खाद्य स्टोरमा श्रीमाया र गीता ग्यास बिक्री भइरहेको पाइएकाले ग्यासको छुट्टै दर्ता गर्न तथा खाद्य पसल नवीकरण गर्न निर्देशन दिइएको छ।
पि.के. खाद्य स्टोरमा हिमाल ग्यास बिक्री हुने पसल बन्द रहेकोले आवश्यक कागजातसहित उपस्थित हुन भनिएको छ भने प्रणय स्टोर र काभ्रे किराना पसलमा ग्यास बिक्री भइरहेको पाइएकाले छुट्टै दर्ता र पसल नवीकरण गर्न निर्देशन दिइएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो।
अनुगमन टोलीमा वडा सदस्य ज्ञानबहादुर मानन्धर, सूर्यप्रसाद श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय भक्तपुरका नवराज पोखरेल, भनपा सरसफाइ उपशाखा प्रमुख दिलिपकुमार सुवाल, कर शाखाका मोहनदेवी व्याञ्जू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक कमलकुमार श्रेष्ठ, राष्ट्रिय उपभोक्ता मञ्चकी लक्ष्मी थापा, भक्तपुर उद्योग वाणिज्य संघका राजु त्वानाबासु, भक्तपुर घरेलु तथा साना उद्योग संघकी सुमित्रा श्रेष्ठ तथा वाणिज्य तथा उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुलालगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here