भक्तपुर, २०८२ चैत २४ ।
विश्व स्वास्थ्य दिवसको अवसरमा भक्तपुर नगरपालिकामा नसर्ने रोगहरूको स्क्रिनिङ कार्यक्रम मङ्गलबार सम्पन्न भयो।
कार्यक्रम अन्तर्गत नगरपालिकाका कुल १०५ जना कर्मचारीहरूको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरिएको थियो। जसमध्ये ४८ जना महिला र ५७ जना पुरुष सहभागी रहेका थिए।
स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लाशिवाका अनुसार स्क्रिनिङका क्रममा ७ जनामा मधुमेह (सुगर) सम्बन्धी समस्या तथा १० जनामा उच्च रक्तचाप (प्रेसर) सम्बन्धी समस्या पत्ता लागेको छ।
त्यसैगरी, पोषण अवस्थाको मूल्याङ्कन गर्दा ६० जना कुपोषणको समस्यामा रहेको पाइएको छ। जसमध्ये २ जनामा पोषण अपुग (अल्पपोषण) र ५८ जनामा पोषण बढी (अधिक तौल/मोटोपना) भएको अवस्था देखिएको स्वास्थ्य संयोजकले जानकारी दिनुभयो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















